reader

Loading...

Written By gajjab on Tuesday, 12 May 2015 | 22:52


स्पेनका प्रसिद्ध चित्रकार पाब्लो पिकासोले बनाएको महिलाको चित्र सबैभन्दा बढी मूल्यमा बिक्री भई विश्व कीर्तिमान कायम गरेको छ। न्युयोर्कमा आयोजित लिलामीमा पिकासोले बनाएको वुमेन अफ अल्जियर्स चित्र झन्डै १८ करोड डलरमा बिक्रि भएको हो। खास शैलीमा बनाइएको रङगीन चित्रमा महिलाको कोठाको दृश्य छ। यो चित्र पिकासोले सन् १९५४–५५ मा बनाएका थिए जुन उनको १५ वटा चित्रकलाको श्रृङ्खलाको एउटा हिस्सा हो। यसअघि सन् २०१३ मा ब्रिटेनका चित्रकार फ्रान्सिस बेनले बनाएको थ्री स्टडिज अफ ल्युसियन फ्रायड १४ करोड २० लाख डलरमा बिक्री भएको थियो।    

0 comments:

Post a Comment