reader

Loading...

Written By gajjab on Tuesday, 25 August 2015 | 00:52

सेन्ट्रल चीनको हुबई प्रान्तमा बनाइएको ओभरवाटर हाइवेलाई ९ अगस्तको दिन खोलिएको थियो। यहाँबाट नदी, पहाड र गाउँको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। रिभर भ्यालीको बीच करिब १०.९ किमि बाटो तय गर्नुपर्छ। यो हाइस्पीड रूटले पश्चिम चीनलाई दक्षिण चीनसँग जोड्छ।
पहिले जिंगशानबाट जी ४२ (हाइस्पीड मोटरवे) सम्मको यात्रा गर्न घण्टौ लाग्थ्यो तर यो हाइवे तयार भएपछि सजिलै २० मिनेटभन्दा कम समयमा पुग्न सकिन्छ। यो हाइवे नदीमाथि बनाइएको पुल नै हो। आकर्षणको केन्द्र रहेको यो हाइवेमा यात्राको मजा लिन सकिन्छ। वल्र्ड मोस्ट सीनिक हाइवेको उपाधि  पाएको यो हाइवे पहिलो वातावरणमैत्री ओभरवाटर हाइवे पनि हो। १०.९ किमि लामो हाइवेको ४.४ किलोमिटर बाटो पानीमाथि छ। प्रोजेक्ट मैनेजरका अनुसार प्रोजेक्टभन्दा पहिले ३ प्रपोजल थियो दुई पहाडबीच सुरुङ बनाउने र तेस्रो नदीमाथि हाइवे बनाउने। तर इन्जिनियरहरूले रूखबिरुवा जोगाउन चाहन्थे त्यसैले तेस्रो प्रपोजल चुनिएको थियो। –एजेन्सी, फोटो: गूगल सच

0 comments:

Post a Comment