reader

Loading...

Written By gajjab on Tuesday, 25 August 2015 | 00:57

संसारको सबैभन्दा दुर्गम होटलमध्ये बेइजिङमा रहेको जेड स्क्रीन होटल पनि पर्छ। चीनमा पहेंलो पर्वतस्थित यस चार तारे होटलसम्म पुग्न ६० हजार भर्‍याङ चढ्नुपर्छ। भर्‍याङ चढ्न नचाहनेले कुलीको मदतबाट कुर्सीमा बसेर जान सक्छ। पर्यटकको लागि केबल कार पनि विकल्पको रूपमा छ। 
यो होटल १८३० मिटरको उँचाइमा स्थित छ। माथि पुगेपछि हंगशन माउन्टेन रेन्जको सुन्दर दृश्य हेर्न सकिन्छ। यो संसारको एक मात्र यस्तो स्थल हो जहाँ तपाईं यति उँचाइसम्म भर्‍याङले जान सक्नुहुन्छ। यति अग्लो स्थानमा रहेको यस होटलमा लग्जरी सुविधाको साथै स्पा र स्वीमिङ पुल पनि छ। –एजेन्सी, फोटो: गूगल सच

0 comments:

Post a Comment