reader

Loading...

Written By gajjab on Monday, 11 May 2015 | 22:43

वैज्ञानिकहरूले एउटा यस्तो सेन्सर आविष्कार गरेका छन् जसले खाना बिग्रेको छ कि छैन भनेर जानकारी गराउँछ। यस सेन्सरको सन्देश ताररहित सञ्चार माध्यमबाट पनि मोबाइलमा पढ्न सकिन्छ।
अनुसन्धानकर्ताहरूका अनुसार यो सेन्सर खाद्य सामग्रीबाट एथेनलको उत्सर्जनको माप गरी बिग्रेको खानाको पहिचान गर्छ। सेन्सरबाट प्राप्त जानकारी ग्राहक (पाठक)सम्म पुग्नेछ र यसबाट सम्बद्ध डाटा एक सर्भरमा सुरक्षित हुनेछ। 
शोधार्थीका अनुसार यस एथेनल सेन्सरको विकास फिनल्यान्डको टेक्निकल रिसर्च सेन्टरले गरेको हो। सेन्सरको सतह रेडियो तरङगबाट पहिचान गर्ने टैंगको हिस्सा हो, यसै कारण यसको डाटालाई स्मार्टफोनमा पनि पढ्न सकिन्छ। यो सेन्सरले डिब्बाबन्द खानाको ताजगीबारे पनि सूचना दिन्छ। 

0 comments:

Post a Comment