reader

Loading...

Written By gajjab on Saturday 21 March 2015 | 03:10


वीरगंज, ७ कात्तिक । नेकपा एमालेकी उपाध्यक्ष विद्या देवी भण्डारीले संविधान निर्माण प्रक्रियामा एमाले बाधक नभएको बताएकी छन् ।
    शनिवार प्रेस चौतारी नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले संविधानसभा भित्र छलफल र सहमति खोज्नुपर्नेमा प्रतिपक्षको भूमिका खेल्नु गलत रहेको बताइन् । जनतालाई संघीयता, शान्ति, र सुशासनसहितको संविधान प्रदान गर्ने कार्यमा एमालेले गलत सम्झौता नगर्ने र,– “मेरो मत कम छ, म आप्mनो मत राख्छु तर बाधक नबन्ने, राजनैतिक संस्कारको विकाश हुनु पर्ने जरूरी रहेको बताइन् ।
    प्रेस चौतारी, पर्साका संयोजक प्रताप श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उनले जेष्ठ १५ सम्म संविधान दिन कोशिश गरिरहेको उनले बताइन् । संविधानका अधिकांश विवादित बुंदाहरूमा छलफल भई सहमति भइसके पनि राज्य पुनर्संरचनाकोे विषयमा सिमाड्ढन र नामाड्ढनमा विवाद कायमै रहेकोले संविधान निर्माणमा ढिलाइ भएको नेतृ भण्डारीले बताइन् । एमालेले प्रस्ताव गरेको ७ प्रदेशमा घटबढ हुन तयार रहेको समेत उनले बताइन् ।
    एमाले पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी, बैकल्पिक केन्द्रीय सदस्य प्रह्लाद गिरी, पर्सा क्षेत्र न. ३ का सभासद राजकुमार गुप्ता, पूर्वसभासद् एवं क्षेत्र न. ४ का अध्यक्ष प्रद्युम्न चौहान, अनेमा संघका केन्द्रीय सदस्य निर्मला देवकोटा,  टिना सुवेदी, प्रेस चौतारीका केन्द्रीय सदस्य लालबाबु शेख, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अनुप तिवारीले गरेका थिए ।

0 comments:

Post a Comment