reader

Loading...

Written By gajjab on Monday 23 March 2015 | 21:50

२१ औं शताब्दीमा कोही कसैको गुलामी गर्न चाहँदैन। नेपाल–भारतलगायत बढीजसो देशमा महिलाहरूले गुलामी सहनुपरेको छ। तर संसारमा एउटा यस्तो देश पनि छ, जहाँ पुरुषले महिलाको गुलामी गर्नुपर्छ। अचम्मको कुरा यहाँ महिलाहरू पुरुषलाई गुलामी गर्नका लागि राख्छन्।
‘वुमन ओभर मेन’ उद्देश्य भएको यस देशको शासन पनि महिलाकै हातमा छ। यस देशको नाम ‘अदर वल्र्ड किङगडम’ हो । यो देश सन् १९९६ मा युरोपियन देश चेक रिपब्लिकबाट बनेको हो। यस देशकी रानी पैट्रिशिया–१ हुन्। यिनले नै यहाँ एकछत्र राज चलाउँछिन्। तर यस देशलाई अन्य राष्ट्रले देशको दर्जा दिएको छैन। यस देशको राजधानी ब्लैक सिटी हो।
चेक रिपब्लिकस्थित यस देशको आफ्नै झन्डा, मुद्रा, राहदानी र प्रहरी बल छ। यहाँका मूल नागरिक केवल महिला मात्र हुन्। यहाँ पुरुषलाई जनावरसरह सम्झिइन्छ । पुरुषलाई दासभन्दा माथिको दर्जा दिइँदैन। यस देशको निर्माणमा दुई मिलियन डलर (करिब नेरु २० करोड) लागत लागेको थियो।
यस अनौठो देशमा अन्य देशबाट आउने पुरुषलाई रानी बस्ने सोफा बन्नुपर्छ। यहाँ गुलामलाई यदि मदिरा पिउन दिइन्छ भने सर्वप्रथम उसले रानीको खुट्टामा मदिरा चुहाएर पिउनुपर्छ।
यस देशको नागरिकता लिने केही नियम:
महारानी पैट्रिशिया–१ लाई नै देशको कानुन परिवर्तन गर्ने अधिकार छ। उनले यस देशको नागरिकता चाहने महिलाहरूको लागि केही नियम बनाएकी छन्।
– यदि कसैले सहमतिमा सम्बन्ध बनाउन चाहेमा उमेर पुग्नुपर्छ।
– उनीहरूको लागि कमसेकम एक पुरुष नोकर हुनुपर्छ।
– यस देशको सबै नियम पालना हुनुपर्छ।
– महिलाहरूलाई कमसेकम पाँच दिन महारानीको महलमा बिताउनुपर्छ।
के सुविधा छ ?
तीन हेक्टर अर्थात् ७.४ एकडको भूमिमा बनेको यस देशमा थुप्रै भवनहरू छन् । २५० मिटरको ओवल टै्रक, सानो ताल र घाँसे मैदान छ। यहाँ मुख्य भवन महारानीको महल हो। यहींबाट उनले पूरै देशमा शासन चलाउँछिन्। यहाँ भोजन हल, पुस्तकालय, दरबार, यातना गृह, विद्यालय, जिम र कैदीहरू राख्ने तहखाना छ । यसबाहेक यहाँ स्वीमिङ पुल, रेस्टुरेन्ट र वान्डा नाइटक्लब पनि छ।
अचम्मको कुरा यस देशकी रानी पैट्रिशिया–१ को अनुहार आजसम्म बाहिरी संसारका व्यक्तिले हेरेका छैनन्।

0 comments:

Post a Comment