reader

11201
Loading...

Written By gajjab on Monday, 23 March 2015 | 21:49

भारतको दिल्लीको एक अस्पतालका चिकित्सकहरूले अत्यन्त सफल शल्यक्रिया गरेका छन्। उनीहरूले एक युवतीको स्तनको एउटा हिस्सा विकसित गरेका छन्, यसको लागि उनीहरूले तिघ्राको बोसो प्रयोग गरेका थिए। यी महिला पोल्यान्ड सिन्ड्रोमबाट ग्रसित थिइन्।
सर गङगाराम अस्पतालका प्लास्टिक एवं कस्मेटिक सर्जरी विभागका डा. विवेक कुमार भन्छन्– “पोल्यान्ड सिन्ड्रोम एक आनुवांशिक समस्या हो, जुन मुख्यरूपले युवतीहरूमा किशोरावस्थामा देखिन्छ। यस समस्याको कारण महिलाको स्तनको एक भाग विकसित हुन सक्दैन।” इन्दौर निवासी २३ वर्षीया युवती पोल्यान्ड सिन्ड्रोमबाट ग्रसित थिइन्। डा. कुमार भन्छन्– “यी युवतीले इन्टरनेटको माध्यमबाट यस समस्याबाट छुटकारा पाउन चिकित्सकको ठेगाना खोजेकी थिइन्।” यी युवती यस अस्पतालमा पुगिन्, जहाँ चिकित्सकले उनको तिघ्राको बोसो प्रयोग गरेर उनको स्तनको अविकसित हिस्सा विकसित गर्ने काम गरेका थिए।
डा. कुमार भन्छन्– हामीले पछिल्लो वर्ष २८ जूनमा शल्यक्रिया गरेका थियौं। शल्यक्रियाको क्रममा तिघ्राबाट झिकिएको बोसो प्रयोग गरेर स्तनको बायाँ हिस्सा विकसित गरिएको थियो। यस बोसोलाई इन्जेक्ट गर्न अत्यन्त सावधानी अपनाइएको थियो।

0 comments:

Post a Comment