reader

11199
Loading...

Written By gajjab on Sunday, 22 March 2015 | 22:17

लुमियर ब्रदर्सले पेरिसमा पहिलोपटक चलचित्र देखाएका थिए। यी दुवै भाइ थिए लुइ र एन्टोनी। उनीहरूले वरपरको फिल्म बनाउँथे। र त्यसलाई त्यसैरूपमा दर्शकहरूलाई देखाउँथे। पहिलो शोमा उनीहरूले एउटा कारखानाबाट मजदुरहरू बाहिर निस्किरहेका फिल्म देखाएका थिए । उनीहरूले संसारभरि घुमी खुला थिएटरमा आफ्नो फिल्म देखाउन शुरु गरे। सन् १९०० मा उनीहरूले पेरिसमा ९९ह७९ फुटको एउठा ठूलो पर्दामा फिल्म देखाएका थिए। त्यसपछि उनीहरूले चलचित्र देखाउन बन्द गरी चलचित्र बनाउने प्रविधि, मेसिन बनाउने र बेच्ने काम शुरु गरे।
पिडब्लुसीका अनुसार सन् २०१३ मा संसारभरि चलचित्र इन्डस्ट्रीले ८८.३ बिलियन डलरको कारोबार गरेको छ। सन् २०१३ मा भारतमा ३.७ बिलियन डलरको कारोबार भएको थियो।

0 comments:

Post a Comment