reader

Loading...

Written By gajjab on Sunday 22 March 2015 | 22:18

चमेरोबारे नयाँ जानकारी एउटा अध्ययनले दिएको छ। चमेरो आफ्नो शिकारमाथि हमला गर्ने निर्णय एक सेकेन्डको हजारौं हिस्सामा लिन सक्छ। उड्ने स्तनधारी जीवले दिशा ज्ञानको लागि इकोलोकेशनको प्रयोग गर्छ र अल्ट्रासोनिक ध्वनिहरू छोड्छ, जुन नजिकै रहेको शिकारसँग ठोकिएर फर्केर चमेरोसम्म सङकेत पुग्छ।
यस इकोबाट चमेरोले यो पत्ता लगाउन सक्छ कि शिकार कहाँ छ र त्यसमाथि हमला गर्छ। दक्षिणी डेनमार्क विश्वविद्यालयका जीव विज्ञान विभागका सिग्ने ब्रिंक्लोव भन्छन्– “चमेरोले एक सेकेन्डको हजारौं हिस्सामा आफ्नो शिकारमाथि हमला गर्ने निर्णय लिन्छ।” शोध दलले प्रयोगशाला तथा खुलामा चमेरोको शिकार गर्ने प्रक्रियाबारे अध्ययन गरेका थिए।
ब्रिंक्लोव भन्छन्– “चमेरोद्वारा शिकारको लागि चाँडैभन्दा चाँडै निर्णय लिने प्रक्रिया क्रमिक विकासको एक हिस्सा हो।” यो अध्ययन पत्रिका पिएनएएसमा प्रकाशित छ।

0 comments:

Post a Comment