reader

11200
Loading...

Written By gajjab on Sunday, 22 March 2015 | 22:18

मलेरियाको रोकथामको दिशामा शोधकर्ताहरूले एउटा ठूलो सफलता हात पारेका छन्। उनीहरूले यस कुराको खोजी गरेका छन् कि मलेरिया फैलाउने गर्भवती पोथी एनोफ्लिज लामखुट्टे एक रसायन सेडरोलबाट निस्किने गन्धतर्फ आकर्षित हुन्छन्। यो खोजले लामखुट्टेलाई आकर्षित गरी तिनीहरूलाई समाप्त पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।
लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका परियोजना प्रमुख अलरिक फिलिंगर भन्छन्– “हाम्रो अध्ययनले गर्भवती एनोफ्लिज गैंबी लामखुट्टे सेडरोलबाट निस्किने गन्धतर्फ आकर्षित हुन्छन्।” शोधकर्ताले एनोफ्लिज लामखुट्टेको जीवनचक्रको अध्ययन गरेका थिए। सामान्य पानीको तुलनामा सेडरोलयुक्त पानीमा एनोफ्लिज गैंबी लामखुट्टे दुई गुना सङ्ख्यामा अन्डा दिन पुग्छन् भन्ने कुराको उनीहरूले निष्कर्ष निकाले। यसै कारण सेडरोलयुक्त पानीमा बढीभन्दा बढी पोथी लामखुट्टे अन्डा दिन पुग्छन्। यो शोध पत्रिका मलेरियामा प्रकाशित भएको छ ।

0 comments:

Post a Comment