
घटनापछि त नदीमा सर्वसाधारणहरूको भीड नै लाग्यो। उनीहरूले यसलाई चमत्कार भन्न थालेका छन् भने रामनवमीको केही दिनअघि भेटिएको यस ढुङगाको कारण अब सो क्षेत्रमा हल्ला पनि चल्न थालेको छ। कसैले यस ढुङगालाई रामसेतुको हिस्सा बताउँदैछन् भने कसैले चमत्कार। हाल यस ढुङगालाई नहरको किनारास्थित शिव मन्दिरमा राखिएको छ।
यसभन्दा पनि पहिले सीतामढी गुफा मन्दिरको अलावा कुदुरमाल हनुमान मन्दिरमा पनि रामशिला राखिएको छ। यसबाट स्पष्ट हुन्छ कि शिलाको अवधारणा कुनै न कुनै दृष्टिले हसदेव नदीसँग जोडिएको छ। जहाँ यस प्रकारको चट्टान पाइन्छ ।
किन तैरिन्छ ढुङगा ?
विशेषज्ञका अनुसार पृथ्वीमा थुप्रै प्रकारका तलहटी चट्टान पाइन्छन्। हजारौं वर्षको अन्तरालमा बन्ने तलहटी चट्टानी ढुङगामा ताप र दाबको साथै विभिन्न तत्त्वको मिश्रणको प्रभाव हुन्छ। थुप्रैपटक चट्टानी ढुङगाको निर्माणमा काठ, माटो र बालुवाको संयोजन हुन्छ। जुन तत्त्वको घनत्व बढी हुन्छ, त्यसको प्रभाव चट्टानी ढङगामा पर्छ। यस प्रकारका ढुङगामा काठको तत्त्वको बढी घनत्व हुन्छ। र यस्ता ढुङगा पानीमा डुब्नुको साटो तैरिने गरेको दीपका महाविद्यालयका भौतिकशास्त्र प्राध्यापक डा. आरके सक्सेना बताउँछन्।
0 comments:
Post a Comment