reader

11201
Loading...

Written By gajjab on Wednesday, 25 March 2015 | 21:43

त्यसो त भगवान्को मन्दिरमा हामी चप्पल–जुत्ता फुकालेर प्रवेश गर्छौं, तर भारतको मध्यप्रदेशको राजधानी भोपालमा दुर्गामाताको मन्दिरमा चप्पल र जुत्ता चढाइन्छ।
पहाडमा बनेको यस मन्दिरमा श्रद्धालुहरूले आफ्नो भाकल पूरा भएपछि नयाँ चप्पल, जुत्ता, सैन्डिल चढाउने अनौठो परम्परा छ।
राजधानी भोपालको कोलार इलाकामा एउटा सानो पहाडमा देवी दुर्गाको सिद्धदात्री पहाडवाला मन्दिर छ। जसलाई जीजीबाई मन्दिर पनि भनिन्छ। करिब १८ वर्ष पहिले यहाँ अशोकनगरबाट आएका ओमप्रकाश महाराजले मूर्ति स्थापनाको साथसाथै शिवपार्वतीको विवाह गराएका थिए र आपैंmले कन्यादान गरेका थिए । त्यस बेलादेखि उनी माँ सिद्धदात्रीलाई आफ्नी छोरी मानेर पूजा गर्छन् र छोरीजस्तै मानेर माया गर्छन्।
ओमप्रकाश महाराज भन्छन्– “अन्य व्यक्तिहरू यहाँ भाकल माग्न आउँछन् र मनोकामना पूर्ण भएपछि नयाँ चप्पल चढाउँछन्। चप्पलको साथसाथै गर्मीमा चश्मा, टोपी र घडी पनि चढाइन्छ। छोरीको जस्तै दुर्गामाताको हेरचाह हुन्छ। थुप्रैपटक मलाई यो पनि आभास हुन्छ कि देवीलाई लगाइएको कपडाबाट उनी खुशी छैनन् र कहिलेकाहीं दुई/तीन घण्टामा कपडा बदलिनुपर्छ।”
ओमप्रकाश महाराजका अनुसार जीजीबाई माताको लागि उनका भक्तहरूले विदेशबाट पनि चप्पल पठाउने गर्छन्। मन्दिरमा आउने केही व्यक्तिहरू विदेशबाट आउँछन्। कहिले सिङगापुर त कहिले पेरिसबाट उनको लागि चप्पल आउँछ । दिनभरि चढाइएको चप्पल पछि बाँडिने गरिन्छ।

0 comments:

Post a Comment