reader

11240
Loading...

Written By gajjab on Wednesday, 25 March 2015 | 21:44

नाइजरका महिलाले संसारमैं सबैभन्दा धेरै बच्चा जन्माउने गर्छन्। यहाँका महिलाहरूको बच्चा जन्माउने औसत दर करिब ७ छ। यस सूचीमा भारतका महिलाहरू अत्यन्त पछाडि छन्। भारतीय महिलाहरूको ‘फर्टिलिटी रेट’ केवल २.५ मात्र छ, तर पाकिस्तानका महिलाहरूको बच्चा जन्माउने दर ३.२६ छ। नाइजरपछि संसारमैं सबैभन्दा धेरै बच्चा मालीका महिलाहरूले जन्माउने गर्छन्। माली पनि पश्चिम अफ्रिकाको देश हो र यहाँका महिलाको बच्चा जन्माउने दर करिब ६ छ।
नाइजरमा सानै उमेरमा महिलाको विवाह गरिन्छ। संयुक्त राष्ट्र सङ्घको अनुसार ७४ प्रतिशत विवाह १८ वर्षभन्दा कम उमेरमा हुन्छ। बढीजसो विवाह महिलाहरूको सहमतिबिना वा जबरजस्ती गरिन्छ। देशमा गरिबी बढी छ र महिलाहरूलाई स्वास्थ्य सुविधा पनि कम छ।
नाइजर पश्चिमी अफ्रिकामा रहेको एक देश हो। यहाँ नाइजर नदी बग्छ, यसै कारण यसको नाम नाइजर राखिएको हो। यस बेला देशको जनसङ्ख्या १ करोड ७८ लाख छ। तर यो तीव्र गतिले बढ्दै छ। करिब ५० वर्ष पहिले सन् १९६५ मा केवल ३८ लाख मात्र यस देशको जनसङ्ख्या थियो।

0 comments:

Post a Comment