reader

Loading...

Written By gajjab on Wednesday 25 March 2015 | 21:45

दुई अपाङगको कथामा आधारित बलिउडमा करिब ५० वर्ष पहिले एउटा श्यामश्वेत फिल्म बनेको थियो, जसको नाम ‘दोस्ती’ थियो। तर यस्तै कथा आज पनि जीवित छ र सत्य पनि। चीनमा एक व्यक्ति छन्, उनको दुवै आँखा छैन र अर्का व्यक्ति जसको दुवै हात छैन तर दुवै मित्र हुन्। उनीहरूबीच पछिल्लो १० वर्षदेखि मित्रता छ । कथा यत्तिमैं समाप्त हुँदैन। उनीहरूले आफ्नो मित्रताको लागि गजबको नमुना पेश गरेका छन् । पछिल्लो १० वर्षमा अन्धो र अपाङग मित्रद्वयले १० हजार रूख रोपेका छन्।
अन्धोको नाम जिआ हैजिआ र हात नभएकाको नाम जिआ वेनकी हो। उत्तरपूर्वी चीनको येली गाउँ कुनै बेला उजाड थियो, तर यी दुई मित्रको प्रयासबाट अहिले हराभरा भएको छ। यसको लागि उनीहरूले ८ एकड जमिन सरकारसँग लिजमा लिए र बिरुवा रोप्ने कार्य शुरु गरे। पर्यावरण स्वच्छताको साथसाथै उनीहरूको एउटा अर्को उद्देश्य पनि थियो, गाउँलाई बाढीबाट जोगाउने। हैजियाको जन्मदेखि नै एउटा आँखा अन्धो थियो भने अर्को आँखा ठीक
थियो । तर काम गर्दागर्दै सन् २००० मा उनको दोस्रो आँखा पनि गुम्यो।
तर वेनकीले भने जब उनी ३ वर्षका थिए, उनले दुर्घटनामा परेर दुवै हात गुमाउन पुगे। –एजेन्सी

0 comments:

Post a Comment