reader

Loading...

Written By gajjab on Wednesday 25 March 2015 | 21:45

चीनको गुआंगडोंग प्रान्तको हेयुआन सिटीमा एक पार्क रेन्जरले नुहाउने क्रममा एउटा अचम्मको जीव फेला पारेका छन्। यसलाई सैलामेन्डर नाम दिइएको छ, र यो संसारकै सबैभन्दा प्राचीन जीवमध्ये एक हो। यस प्रजातिको जीव १७
करोड वर्षदेखि धर्तीमा छ। यसभन्दा पहिले सन् २०१४ मा जापानमा यस्तै जीव भेटिएको थियो। यसलाई जीवित जीवाश्म पनि भनिन्छ।
पार्क रेन्जर मिस्टर जियाओले पिपुल्स डेली अनलाइनलाई बताएका थिए– जब उनी नुहाइरहेका थिए तब यो विचित्र जीव नदीमा देखियो। यसलाई देखेर उनी हैरान भए र समातेर बाहिर निकाले। यो सामान्य सैलामेन्डरको तुलनामा अत्यन्त विशाल थियो र पानीमा तैरिरहेको थियो। यो संसारकै सबैभन्दा पुरानो स्पेसिसमध्ये एक हो। सैलामेन्डरलाई चीनमा बेबी फिस पनि भनिन्छ। किनभने यो ससाना बच्चाजस्तै आवाज निकाल्छ। यसलाई त्यहाँ ‘वा वा यू’को नामले बोलाइन्छ। भनिन्छ यस प्रजातिको जीवमा १७ करोड वर्षदेखि कुनै परिवर्तन भएन। जुरासिक कालपछि यस जीवको सङ्ख्या कम हुँदै गयो।
सैलामेन्डरको लम्बाइ ८३ सेन्टिमिटर र वजन ५.५ किलोग्राम छ । यसलाई समातेपछि जिआओले पुन: नदीमै छाडिदिए। किनभने यसलाई हेर्नेहरूको सङ्ख्या बढ्दै थियो। सर्वसाधारणहरू त्यस जीवसँग फोटो खिंचाउँदै थिए। यस जीवको अस्तित्व खतरामा भएको भन्दै चीन सरकारले यसलाई मार्ने र खाने व्यक्तिलाई १० वर्षको सजाय हुन सक्ने बताएको छ। त्यहाँका बासिन्दा उमेर बढाउनको लागि यस जीवलाई खाने गर्छन्।

0 comments:

Post a Comment