भारतको झारखण्डको पत्थलङगडामा एउटा कुवा छ जसलाई कुवाहरूको राजा पनि भन्ने गरिन्छ। त्यस गाउँका वरपरका सबै कुवाहरू सुक्दै गइरहेका छन् तर यो राजा कुवाले धरतीको पानी आपैंm निकालिरहेको छ। पछिल्लो २५ वर्षदेखि लगातार ओभरफ्लो भइरहेको यस कुवाको ५ सय मिटरमा रहेका अन्य कुवाहरूको जलस्तर बर्सेनि घट्दै छ।
राजा कुवाको निर्माण सन् १९८९–९० मा शिक्षक र किसान खैटु सिंहले गरेका थिए। उनका अनुसार जब कुवाको पर्खालको जोडाइ हुँदैथियो तलबाट पानीको फोहारा फुट्न थाल्यो र आजसम्म लगातार ३६५ दिन र २४ घण्टा ५ इन्च धारको पानी बाहिर फाल्छ। बिना कुनै मेसिनको यति तीव्र धारको साथ कुवाबाट पानी निस्केको देख्दा अचम्म पनि लाग्छ। बनवारा र दुम्बी गाउँको सीमा एक खेतमा बनेको कुवालाई जोभिया पनि भनिन्छ।
यस कुवाको कारण १०० भन्दा बढी किसान परिवार खुशहाल छ र चारैतिर हरियाली फैलिएको छ। किसानहरूले अस्थायी नाली बनाएर कुवाबाट खेतसम्म पानी पुर्याउँछन्। टाढाटाढाको खेतमा यसको पानीबाट सिंचाइ हुन्छ। करिब २५ एकड जमिनमा गहुँ, मटर, मसुरी आदि बाली उत्पादन हुन्छ। पालतु जनावरलाई पानी खुवाउन, नुहाउन र कपडा धुन यस कुवामा मानिस आउने गर्छन्। कुवाको
राम्ररी मरम्मत भएको खण्डमा धेरै कृषकलाई लाभ पुग्ने बताउँदै अत्यधिक पानी बगेर खेर जाने बताउँछन्।

0 comments:
Post a Comment