reader

Loading...

Written By gajjab on Wednesday 25 March 2015 | 21:48

टाटा समूहको कार कम्पनी जगुआर अघिल्लो हप्ता न्युयोर्कमा नयाँ मोडेल जगुआर एक्सएफ लन्च गर्दैछ। यसभन्दा पहिले समूहले प्रचारको अनौठो तरिका निकालेको छ। कारलाई टेम्स नदी माथि बाँधिएको तारमा चलाइयो। यस स्टन्टलाई हलिउडका चर्चित स्टन्टमैन जिम डाउडलले प्रदर्शन गरेका थिए। उनले जेम्स बन्ड, बाँर्न फिल्म सिरिज र इन्डियाना जोन्समा स्टन्ट
गरिसकेका छन्। यस स्टन्टबाट कम्पनीले यो कार कति धेरै हलुका र तेज छ त्यो बताउन चाहन्छ।
जगुआर ल्यान्ड रोभर कारको सबैभन्दा बढी उपयोग हलिउडको जेम्स बान्डको फिल्ममा भएको थियो। पछिल्लो बान्ड चलचित्रमा स्काइफल र आउने स्पेक्टरमा कम्पनीको जगुआर सी–एक्स ७५ एस, रैज रोभर स्पोर्ट एसवीआर र डिफेन्डर बिग फुट कारको उपयोग गरिएको थियो। स्टन्टको क्रममा ७८७ फुट चौडा नदी पार गर्न ३४ मिमि मोटो तारमा कार चलाइएको थियो।

0 comments:

Post a Comment