reader

Loading...

Written By gajjab on Wednesday, 25 March 2015 | 21:49

औंला पड्काउँदा, कम्मर मर्काउँदा र घाँटीलाई मर्‍याकमुरूक पार्दा आनन्द लाग्छ। तर कसैकसैको यसो गर्नु बानी नै परेको हुन्छ। क्यालिफोर्नियाको एक डाक्टर डोनाल्ड उन्जरले भने औंला कसरी पड्किन्छ अनि औंला पड्काउँदा
शरीरमा के असर परिरहेको हुन्छ भन्नेबारे ६० वर्षसम्म अनुसन्धान गरेका रहेछन्। उनले ६० वर्षसम्म आफ्नो एक हातको औंला पड्काउँथे भने अर्काे हातको पड्काउँदैनथे । अनि हरेक महिनामा दुवै हातको जाँच गरिरहन्थे।
६० वर्षपछि उनले पत्ता लगाए– औंला पड्काएको हातमा र नपड्काएको हातमा कुनै पनि भिन्नता हुँदैन तर पछि गएर जोर्नीमा हलुका दुखाइ महसुस हुने रहस्य पत्ता लगाएका थिए। उनको अनुसन्धान अनुसार– ‘हाम्रो शरीरको जोर्नीहरूमा एक किसिमको
तरल पदार्थ हुन्छ जसलाई ‘साइनोभियल फ्ल्युड’ भनिन्छ। जब जोर्नी पड्काउनको लागि तन्काइन्छ, त्यतिबेला जोर्नीको बीचमा उक्त तरल पदार्थ आएर बस्दछ र त्यहाँ हावाका फोकाहरू पैदा हुने गर्दछ। अनि जब फेरि हामी औंलालाई खुम्च्याउँछौं, त्यतिबेला त्यो फोका फुट्छ र पड्केको आवाज आउँदछ। एउटै औंलालाई दुईचोटी पड्काउन २० मिनेट कुर्नुपर्छ। डोनाल्ड भन्छन, “औंला पड्काउने बानी छ भने बिस्तारै हटाउँदा राम्रो हुन्छ, किनभने अहिले एकछिनको आनन्दले पछि बूढो भइसकेपछि दु:ख पाउन सकिन्छ। डोनाल्डले उक्त अनुसन्धान गरेपछि नोबेल
पुरस्कार पनि पाएका थिए।– एजेन्सी

0 comments:

Post a Comment