reader

Loading...

Written By gajjab on Tuesday, 17 March 2015 | 22:25

ब्रिटेनमा एकजना यस्ती आमा छिन्, जसले हालसम्म १५ बच्चालाई जन्म दिइसकेकी छन् तर तीमध्ये १३ बच्चा उनको आफ्नो होइन। यी सरोगेट आमा अब १६ औं बच्चा जन्माउने तयारी गरिरहेकी छन्। तर हुनसक्छ १६औंको साथसाथै उनको १७ औं बच्चा पनि जन्मिन सक्छ। इङगल्यान्डको कोलचेस्टर निवासी कैरोल हरलकको गर्भमा पछिल्लो हप्ता दुई बच्चाको भू्रण हालिएको थियो। ब्रिटेनको सबैभन्दा सफल सरोगेट आमा भनिने यस महिलालो एकपटक ३ बच्चा जन्माएकी थिइन्।
कैरोल ४९ वर्षकी छन्। कैरोलको दुई छोरी छन्, जसमध्ये एकजनाको २४ वर्ष र अर्कोको २१ वर्ष उमेर छ। पछिल्लो सोमवार एक दम्पतीले उनीसँग इन्टरनेट फोरमको माध्यमबाट सम्पर्क गरेका थिए। त्यसपछि शुक्रवार ती दम्पतीसँग भेट पनि भएको थियो। भेटघाटपछि कैरोल उनीहरूका लागि बच्चा जन्माउन तयार भइन्। शनिवार महिलाको आइविएफ (कृत्रिम गर्भधारण गर्ने प्रविधि) उपचार गरिएको थियो र आशा छ यो सफल हुन्छ।
कैरोल एउटा बच्चा जन्माउन साढे १० लाखदेखि साढे २२ लाखसम्म शुल्क लिन्छिन्। उनलाई बच्चा जन्माउने लत नै लागेको बताउँछिन्। बच्चा जन्माउनु नशाजस्तै भएको उनी बताउँछिन्। अर्काको बच्चालाई जन्म दिनु गजबको अनुभूति हुने बताउँछिन्। तर अब शायद उनी अन्तिमपटक आमा बन्न गइरहेकी छन्। सन् १९९५ मा पहिलोपटक अर्काको लागि सरोगेट आमा बनेकी थिइन्। उनले सरोगेसीबारे एक अखबारमा प्रकाशित लेखबाट थाहा पाएकी थिइन्।
कैरोल भन्छिन्– यो काम केवल यस्तो हो कि मेरो कोखले अरू कुनै व्यक्तिको सपना पूरा गरिरहेको छ। मलाई यस कुराको ख्याल रहन्छ कि यो उनीहरूको बच्चा हो, मेरो होइन। उनी सरोगेट आमा बन्ने निर्णयलाई मनदेखि सही मान्छिन् । उनी भन्छिन् म एक यस्तो आमाको लागि बच्चा जन्माइरहेकी छु जो बच्चा जन्माउन असफल छिन् र दु:खित छिन्। उनी भन्छिन्– डाक्टरले मलाई संसारकै सबैभन्दा उत्कृष्ट गर्भाशय भएको महिला भन्छन्।

0 comments:

Post a Comment