reader

Loading...

Written By gajjab on Wednesday 18 March 2015 | 04:39

ब्रिटेनमा साँच्चैको एक स्पाइडरम्यानको चर्चा यति बेला चलेको छ। यो स्पाइडरम्यानले घरबारविहीन र भोकले ग्रसित व्यक्तिलाई सहयोग गर्छ। बर्मिघमको गल्लीमा भोका व्यक्तिहरूले राति यस स्पाइडरम्यानको बाटो हेर्ने गर्छन्। रातिको बेला स्पाइडरम्यानको पोशाक लगाएर आउने यस व्यक्तिले भोको व्यक्तिलाई खाना र रोगीलाई उपचारको लागि पैसा दिने गर्छन्।
२० वर्षीय यस व्यक्तिले चार वर्षदेखि आफ्नो तलबबाट त्यस्ता व्यक्तिहरूको पेट भर्ने कार्य गरिरहेका छन्। उनको असली पहिचान सामुन्ने आएको छैन। स्पाइडरम्यानको भनाइ छ, जब सरकारले सांसदहरूलाई १४ लाख रुपैयाँ बर्सेनि घरभत्ताको लागि दिन सक्छ भने घरबारविहीनहरूको लागि किन केही गर्दैन।
यस व्यक्तिले आफ्नो असली पहिचान जाहेर गरेका छैनन्। भनिन्छ, उनी कुनै बारमा काम गर्छन्। कम तलबको कारण हप्तामा दुईपटक मात्रै भोको व्यक्तिलाई खाना बाँड्न सक्छन्। उनी भन्छन्– “म यस्ता व्यक्तिहरूको अनुहारमा खुशी हेर्न चाहन्छु। म स्पाइडरम्यानको ठूलो प्रशंसक हु। यसै कारण गरिब, असहायलाई मदत गर्न स्पाइडरम्यानको रूप लिएँ। यसबाट मेरो पहिचान पनि गुप्त रहन्छ। मलाई लोकप्रियता चाहिंदैन। आज धेरैजना मेरो यस उद्देश्यप्रति जोडिएका छन् र उनीहरूले गरिबको मदत गर्छन्।” यस स्पाइडरम्यानले आफ्ना कार्यहरू ट्वीटरमार्फत् जानकारी गराउँछन् र फोटाहरू पोस्ट गर्छन्। उनी भन्छन– “तपाईं पनि सडकमा आउनुस् र यस्ता व्यक्तिहरूलाई मदत गर्नुस्।”

0 comments:

Post a Comment