reader

Loading...

Written By gajjab on Wednesday, 18 March 2015 | 04:38

अस्ट्ेरलियामा एक काग एक परिवारको जीवनमा घुलमिलेका छन्। यो काग त्यस परिवारसँग खेल्छ, खान्छ र सँगै सुत्छ पनि। यतिमात्र होइन, पेंगुइन नामक यस कागले बच्चासँगै ब्रश गर्ने, पढ्ने जस्ता काम पनि गर्छ। यस कागलाई पिंजरामा बन्द गरिंदैन। जब चाहन्छ काग खुला आकाशमा उड्छ र पुन: घर फर्किएर आउँछ ।
दुई वर्षअघि अर्थात् २०१३ को कुरा हो । अस्ट्ेरलियाको न्यूपोर्टमा बस्ने नोआ नामक एक केटाले यस कागलाई घाइते अवस्थामा जमिनमा फेला पारेका थिए। त्यसपछि उनले त्यसलाई घर ल्याएर उपचार गरे। त्यस बेला त्यस कागको उमेर तीन हप्ता मात्र थियो। र, नोआ ९ वर्षका थिए। त्यसपछि पेंगुइन उनीहरूको घरमा प्राय: आउन थाल्यो। परिवार र अन्य व्यक्तिसँग सहज ढङगले उपस्थित हुन थाल्यो। बिहान पेंगुइन तबसम्म घरबाट बाहिर जाँदैन, जबसम्म बच्चाहरू विद्यालय जाँदैनन् र साँझ विद्यालयबाट फर्किने बेला त्यो काग उनीहरूको नजिक आइपुग्छ।

0 comments:

Post a Comment