reader

Loading...

Written By gajjab on Sunday 22 March 2015 | 22:12

रूसमा एकजना छात्र स्टन्ट गर्ने क्रममा मृत्यु वरण गर्न पुगे। मास्कोको रेलवे पुलमा मैक्सिम नामक यी छात्र चढे र संसारलाई आश्चर्यमा पार्नको लागि उनले सन्तुलन बनाउन जुन तार समाते, त्यसमा ३० हजार भोल्टको करेन्ट थियो। नतिजा त्यही भयो। तेज करेन्टबाट उनको शरीर जल्यो र १०० फुट उचाइबाट खसे। त्यति बेला मेक्सिमका मित्रले यस पूरै घटनालाई भिडियो र फोटोमा कैद गरेका थिए।
मैक्सिमको यस्तो खतरनाक स्टन्टको भिडियो प्रहरीले जारी गर्दै चेतावनी दिएको छ– यस्ता खतरनाक स्टन्ट गर्नेहरू सावधान हुनुहोस्। मेक्सिमको उमेर करिब १४ वर्ष थियो र उनी विद्यालयमा पढ्दै थिए। घटनाको जाँच भइरहेको छ। मैक्सिमले यो स्टन्ट शायद सफलतापूर्वक गर्न सक्थे तर उनी स्टन्ट अझै विशेष बनाउनको लागि पुलको उचाइको किनारामा अगाडि बढ्न थाले र त्यस बेला उनको सन्तुलन बिग्रियो।

0 comments:

Post a Comment