reader

Loading...

Written By gajjab on Wednesday 18 March 2015 | 04:42

मस्तिष्क क्यान्सरजस्तो घातक रोगको उपचारमा प्रयोग हुने खोपको साथसाथै टिटनसको इन्जेक्सन पनि सामेल गर्नाले रोगी स्वस्थ हुने सम्भावना बढ्न सक्ने ताजा अध्ययनले जनाएको छ। अध्ययन अनुसार टिटनसको इजेक्सन ट्यूमरमा रहेको एक विषाणुप्रति रोग प्रतिरोधक क्षमता बढाउनको लागि दिइएको थियो। यसभन्दा पहिले भएको अनुसन्धान अनुसार मस्तिष्कमा हुने अत्यन्त घातक क्यान्सर ग्लियोब्लास्टोमा ट्यूमरमा साइटोमेगालो भाइरस पाइन्छ, यो मस्तिष्कको उत्तकमा पाइँदैन।
ड्यूक विश्वविद्यालयको चिकित्सा विज्ञानका छात्र एवं शोधका लेखक क्रिस्टेन बैटिचले भने– “यस प्रकारको ट्यूमर पत्ता लगाउँदा रोगी औसत १२ देखि १५ महिनासम्म जीवित रहन्छ। तर टिटनस इन्जेक्सनको उपचारपछि तीन रोगी बढी अवधिसम्म जीवित भएकोमा हामीलाई सुखद आश्चर्य भयो।” बैटिच र उनका साथीहरूले ग्लियोब्लास्टोमाबाट पीडित १२ रोगीलाई दुई वर्गमा बाँडेका थिए। त्यसमध्ये ६ रोगीको उपचारमा टिटनस इन्जेक्सन सामेल गरिएको थियो, जबकि बाँकी ६ रोगीलाई टिटनस इन्जेक्सन दिइएको थिएन।
अघिल्लो दिन रोगीलाई डेन्ड्रिटिक सेल इम्यूनोथेरापी दिइएको थियो। यसमा उपचारमा सङ्क्रमण फैलाउने विशेष विषाणुप्रति रोग प्रतिरोधक क्षमतामा वृद्धि गरिएको थियो। शोध पत्रिका नेचरको वेबसाइटमा हालै प्रसारित रिपोर्ट अनुसार त्यसमध्ये एक रोगी नौ वर्षपछि हालसम्म पनि जीवित छन्।

0 comments:

Post a Comment