reader

Loading...

Written By gajjab on Wednesday 18 March 2015 | 04:43

यूएस नेवीले किटसैप (सिएटल)स्थित बेसमा डल्फिनहरू पालेको छ। यी डल्फिनहरूले परमाणु हतियारको सुरक्षा गर्छन्। उनीहरूलाई नेवीले प्रशिक्षित गरी तैनाथ गर्न लगाएको हो। बेसको वरपरको पानीमा नचाहिंदो गतिविधिबारे जानकारी डल्फिनहरूले नेवीसम्म पुर्‍याउने गर्छन्।
सिएटल टाइम्सको एक रिपोर्ट अनुसार यस बेसमा ९,९६२ परमाणु हतियार छन्, जुन विश्वमा एकै स्थानमा राखिएको हतियारमध्ये सबैभन्दा बढी हो। यसको सुरक्षाको लागि अमेरिकी नेवी उपस्थित छन्, त्यहाँ डल्फिनको माध्यमबाट वरपरको गतिविधिमाथि निगरानी गरिन्छ।
सर्प मार्ने उत्सव
अमेरिकाको टेक्सासमा यस हप्ता करिब एक हजार व्यक्तिहरूले ठूलो सङ्ख्यामा रहेको सर्पलाई मार्ने महोत्सवमा सहभागी भए। उनीहरूले दर्शकको रूपमा हेर्ने मात्र होइन, सर्पलाई मार्ने, त्यसको छाला छिल्ने र सफा गरी मासु तयार गर्ने काम पनि गरेका थिए। सर्प मार्ने यस महोत्सवमा रगतले रङिगएको हातबाट पर्खालमा पेन्टिङ पनि बनाइएको थियो। यो बर्सेनि महोत्सव टेक्सासमा पछिल्लो ५० वर्षदेखि मनाइँदै आइएको छ।
यसलाई संसारकै सबैभन्दा ठूलो रैटलस्नेक राउन्डअप भनिन्छ। रैटलस्नेक सर्प मनुष्यको लागि त्यति खतरनाक हुँदैन। तर अचम्मको कुरा सर्प मार्ने यस महोत्सवमा बच्चाहरूलाई अभिभावकले हात समातेर मार्ने तरिका सिकाएका थिए । यस प्रकारको इभेन्ट सर्पको जनसङ्ख्यामाथि नियन्त्रण गर्न शुरू गरिएको थियो। तर यसलाई अब अर्कै तरिकाले हेरिंदैछ। महोत्सव हेर्न संसारभरिका पर्यटकहरू टेक्सास पुग्छन् ।
यहाँ तारेको रैटलस्नेक पनि पाइन्छ। यसको स्वाद कुखुराको मासुजस्तै हुन्छ। तर सर्पलाई तार्नुभन्दा अघि त्यसलाई राम्ररी सफा गरिन्छ।

0 comments:

Post a Comment