reader

Loading...

Written By gajjab on Wednesday, 18 March 2015 | 04:44

चीनमा एक व्यक्तिलाई पार्किङस्थलमा रहेको एक कुकुरलाई लातले हिर्काएर भगाउनु अत्यन्त महँगो पर्‍यो। पिटाइ खाएका त्यस कुकुर त्यतिबेला त कराउँदै भाग्यो तर केही बेरमैं त्यसले आफ्नो फौज लिएर बदला लिन आइपुग्यो। कारलाई ती कुकुरले चारैतर्फबाट घेरेर ढोका खोल्न प्रयास गर्न थाले।
यो घटना चीनको चोङ्गकिङ्ग क्षेत्रको हो। कुकुरले कारको थुप्रै भाग चपाएको थियो। कारचालक त्यति बेला त्यहाँबाट गइसकेको थियो, उनलाई यस घटनाको जानकारी थिएन तर छिमेकीले यी सबै घटनाको फोटो खिचेका थिए। कुकुरको यस्तो फोटो सामाजिक सञ्जालमा सेयर भएपछि थुप्रैजनाले कुकुरको पक्ष लिएका थिए। चीनमा जनावरलाई हिंसाबाट जोगाउने कुनै कानून छैन।

0 comments:

Post a Comment