reader

Loading...

Written By gajjab on Wednesday, 18 March 2015 | 04:45

फ्रान्सको शहर बोर्दोमा ७ हजारभन्दा बढी वाइनरिज र वाइनयाडर््स छन्। यसै कारण यसलाई वाइन सिटी पनि भनिन्छ। यहाँ वाइन बनाउनको लागि अङ्गुरखेती यति सुन्दर तरिकाले गरिन्छ, जसलाई हेर्न टाढा–टाढाबाट पर्यटकहरू आउने गर्छन् । यहाँको नदी, बीच र गाउँ पनि अत्यन्त सुन्दर छ। युनेस्कोले यसलाई विश्व धरोहर घोषित गरेको छ। बोर्दोमा १२०,००० हेक्टरमा वाइनयार्ड फैलिएको छ। यसै कारण यसलाई फ्रान्सको सबैभन्दा ठूलो वाइन बनाउने जिल्ला भनिन्छ।
बोर्दोमा ८९ प्रतिशत रेड वाइन बनाइन्छ । बोर्दोको माटो ग्रेभल, सेन्डी स्टोन र क्ले छ। यहाँको सर्वश्रेष्ठ वाइनयार्ड ग्रेभल साँइलमा छ, जुन गिरान्दे नदीको नजिक छ। इतिहास अनुसार सबैभन्दा पहिले रोमन्दले पहिलो शताब्दीको मध्यमा वाइन बनाउन शुरू गरेका थिए। १२ औं शताब्दीसम्म पुग्दापुग्दै इङगल्यान्डमा बोर्दो वाइनको माग तीव्र भएको थियो। –एजेन्सी

0 comments:

Post a Comment