स्मार्टफोनको जमानामा मोबाइल एप सहज, सुविधाजनक र काम गर्न सजिलोको लागि बनाइएको हुन्छ। यसलाई डाउनलोड गरेर हामी कसैसँग तुरुन्तै कुरा गर्न सक्छौं, आफ्नो डायरी व्यवस्थित गर्न सक्छौं, घरमैं बसेर किनमेल गर्न सक्छौं।
तर सबै मोबाइल एप आवश्यकताको लागि बनाइएको हुँदैन। केही यस्ता मोबाइल एप पनि बनाइएको छ, जसबाट कुनै फाइदा छैन तर पनि यति लोकप्रिय किन भएको होला ? यस्तै हजारौं एपमध्ये केही ६ वटा एपबारे चर्चा गरिएको छ । यी एपले ब्याट्री र दिमाग दुवै खर्च गर्छ तर कुनै कामको छैन। अझ अचम्मको कुरा हजारौंले डाउनलोड गरेका छन्।
इथन: म्यासेजिङ एप
यो म्यासेजिङ एप हो, मात्र इथनसँग कुरा गर्न तयार गरिएको हो अन्यसँग होइन। एप डाउनलोड गरेपछि पहिलो कुरा इथन को हो भन्ने सोच्नुहोला। इथन यस एपका डेभलपर हुन्, इथन ग्लीचटेन्सटीन। तपाईं उनको विचार सुन्न बेचैन हुनुहुन्छ तर यो पूर्णरूपले गलत पनि होइन, किनभने एप्पलको एप स्टोरबाट यसलाई हजारौंले डाउनलोड गरेका छन्। इथन, व्यक्ति र एप तपाईंको कुनै पनि प्रश्नको जवाफ दिन तयार रहन्छ। उदाहरणको लागि तपाईं सोध्नुहुन्छ– “म आज राति चाइनिज खाना खाऊ कि इटालियन ?” जवाफ आउन सक्छ – “म त इटालियन खाना नै खान्छु, आज म केही पौष्टिक खान चाहन्छु।” इथनको एउटा मात्र नियम छ– त्यति बेला मात्र उसले जवाफ दिंदैन जब ऊ सुतिरहेको हुन्छ। यसको अलावा उनले थुप्रै विकल्प भएको प्रश्न पनि मन पराउँछ। इथनले चेतावनी पनि दिन्छ– आफ्नो काम मसँग गर्न नभन र अँ उनी यो पनि भन्छन्– इथनसँग माया नगर्नू।
यो: केवल एउटा मात्र शब्द

आइबियर: के तपाईंलाई बियर मनपर्छ ?
बियर पिउनेहरूको गोजीमा पैसा छैन भने यो एप सित्तैमा डाउनलोड गरेर दिनभरि बियर पिउन सक्नुहुन्छ। आइबियरका डेभलपर्स लस वेगासका हाट्रिक्सका अनुसार आइओएस र एन्ड्रोइड दुवैमा सित्तैमा डाउनलोड गर्न सकिने यो एप अनिवार्यत: एउटा भिजुअल ट्रिक हो। एकदमै बियर पिउनेजस्तै। यस एपमा तपाईंको फोन एउटा बियरको गिलास जस्तै बन्छ, फिजले भरिएको हुन्छ र जब यसलाई एक कुनामा ओठ लगाउनुहुन्छ तब बियर पिएजस्तो अनुभूति हुन्छ।
यसलाई आइट्यून्सले सबैभन्दा राम्रो एप भनेको छ र हालसम्म ९ करोडले यसलाई डाउनलोड गरिसकेका छन्।
सिगरेटोएड: चुरोटको धूवाँ

जसले भर्चुअल बियर मन पराउँछन् त्यसको लागि यो एप काम लाग्न सक्छ। यसमा स्क्रीनमा एउटा जलिरहेको चुरोट हुन्छ र विस्तारै–विस्तारै पिउनुपर्छ तबसम्म पिउनुपर्छ जबसम्म खरानीमा परिणत नहोस्।
स्क्रीनलाई हल्लाएर धूवाँ उडाउन सक्नुहुन्छ, खरानी झार्न सक्नुहुन्छ। यसका डेभलपर एमएमटी ल्याब्स, आपैंmलाई रातिको सिफ्टमा काम गर्ने एक बाँदर भन्छन् र भर्चुअल सिगार पिउने विकल्प पनि दिन्छन्। कमसेकम यस ऐपबाट दुई फाइदा छ– पहिलो यो सित्तैमा पाइन्छ र दोस्रो यसले स्वास्थ्यमा कुनै हानि पुर्याउँदैन ।
होल्ड द बटन

यदि तपाईंलाई कामधाम छैन र प्रशस्त फालतु समय छ भने यो एप तपाईंको लागि नै बनाइएको हो। वा तपाईंलाई सजिलो चुनौतीहरू मन पर्छ भने तुरुन्तै डाउनलोड गर्नुहोस्। यसमा चुनौती हुन्छ– एउटा बटन थिचिराख्ने। चाहे त्यो चतुर होस् वा मूर्ख तर शर्त छ– तपाईंसँग नष्ट गर्ने समय हुनुपर्छ।
यो एप त्यस समयलाई मापन गर्छ जति बेलासम्म तपाईंले स्क्रीनमा आफ्नो औंला टाँसिरहनुभएको छ। एप डाउनलोड गरेपछि स्क्रीनको बीचमा औंलाको एउटा चिह्न आउँछ – यो देखाउनको लागि कि औंला कहाँ राख्ने। यदि तपाईंले यसो गर्नुभयो भने तपाईं परीक्षामा पास हुनुभयो।
मोबिगुओको यो एप यस कुराको समय दर्ज गर्छ तपाईं कति बेरसम्म स्क्रीनमा औंला टाँसिराख्नुहुन्छ। यस प्रकार तपाईं अघिल्लोपटक आफ्नै रेकर्ड तोड्न सक्नुहुन्छ । यसमा सबैभन्दा बढी धैर्यवान युजरको गणना पनि हुन्छ। यो पनि सित्तै छ।
लुक आफ्टर योर स्टोन:
यदि तपाईं घरपालुवा जनावर पाल्न मन पराउनुहुन्न भने एउटा ढुङगाको हेरविचार गर्न सक्नुहुन्छ। यो एप तपाईंको नाम अनुसार तपाईंलाई यस्तै मौका दिन्छ । यसको विकास गर्ने कम्पनी रेन्डम ऐपको दाबी छ– यो एपको माध्यमबाट तपाईं प्रकृतिप्रति आफ्नो माया बिना कुनै खतरा, जाहेर गर्न सक्नुहुन्छ। कम्पनीको अनुसार यो एपले तपाईंको जिन्दगीमा केही सबक पनि सिकाउँछ। यो खेल– केही पाउने आशाबिना केही दिने महत्त्वबारे सिकाउँछ। ऐप डाउनलोड गरेपछि सबैभन्दा पहिले यो विचार पुर्याउनुपर्छ कि तपाईं कस्तो ढुङगा मन पराउनुहुन्छ। त्यसपछि ढुङगालाई काम गर्न आदेश दिनुस्– कपडा लगाऊ, सजाऊ। हरेक त्यो काम गराउनुस् जुन काम आफ्नो पालतु पशुको लागि गर्न चाहनुहुन्छ।
यसको विकासकर्ता गर्वले भन्छन्– “हामी ग्यारेन्टी दिन्छौं–तपाईं आफ्नो ढुङगासँग केही अविस्मरणीय क्षण व्यतीत गर्न सक्नुहुन्छ। पालतु जनावर त आउँछ जान्छ, तर ढुङगा सदाको लागि रहन्छ।” –एजेन्सी
यसको विकासकर्ता गर्वले भन्छन्– “हामी ग्यारेन्टी दिन्छौं–तपाईं आफ्नो ढुङगासँग केही अविस्मरणीय क्षण व्यतीत गर्न सक्नुहुन्छ। पालतु जनावर त आउँछ जान्छ, तर ढुङगा सदाको लागि रहन्छ।” –एजेन्सी
0 comments:
Post a Comment