reader

Loading...

Written By gajjab on Thursday 30 April 2015 | 02:40

यो कुरा शताब्दीयौंदेखि भनिंदै आइरहेको छ कि केही जनावरले भूकम्प आउनुभन्दा पहिले केही अनौठो क्रियाकलापहरू गर्छन्। वैज्ञानिकरूपले यो पुष्टि नभए पनि यसलाई खारेज गर्न सकिंदैन तर अनुसन्धान अनेकौंपटक भएको छ। जनावरहरूले भूकम्पको सङकेत दिएको इटली, जापान र चीनलगायत थुप्रै देशमा चर्चा भएको छ। पानीभित्र बस्ने केही जनावरहरूबारे वैज्ञानिकहरूले यो पनि भनेका छन् अन्डरवाटरको रसायनमा केही परिवर्तन भएपछि पानीमा बस्ने जनावरहरूले सङकेत पाउँछन्। त्यस्तै चारवटा जनावरहरूको बदलिदो क्रियाकलाप भूकम्पको सूचक हुन सक्छ।
१. भ्यागुता: इटलीमा सन् २००९ को भूकम्पभन्दा केही अघि त्यहाँको एक पोखरीका सारा भ्यागुताहरू पोखरीको डिलमा आएका थिए। यसमाथि इटलीमा रिसर्च पनि गरिएको थियो। रिसर्चको निष्कर्षमा लेखिएको थियो– हुन सक्छ धर्तीभित्र दबाबको कारण चट्टानबाट चाज्र्ड कण निस्केको थियो र पानीसँग त्यसको प्रतिक्रिया भएको हुन सक्छ। रिसर्च टीमका नेतृत्वकर्ताले भनेका थिए उनीहरूको थेसिसको आधार बायोलोजिस्ट र जिओलोजिस्टले यस विषयमा काम गर्नुपर्छ। 
२. ओरफिस
समुद्री बिचमा ओरफिस माछा पाउनु सार्‍है गार्‍हो हुन्छ। किनभने यो माछा पानीको अत्यन्त गहिराइमा बस्छ। तर १८–२० फुट लामो केही ओरफिस जब कुनै समुद्री किनारामा पाइन्छ तब भूकम्पको हल्ला फैलिन थाल्छ। यसको पछाडिको कारण जापानमा सन् २०११ को भूकम्प र सुनामीभन्दा अघि करिब २० वटा ओरफिस पानीबाट बाहिर आएका थिए। जापान टाइम्सले यसलाई मैसेन्जर फ्रम द सी गड भनेको थियो। चिलीमा सन् २०१० को भूकम्पभन्दा पहिले माझीहरूले केही ओरफिस देखेका थिए। 
३. रातो कमिला
युरोपियन जिओसाइन्स युनियनको वार्षिक बैठकमा पेश गरिएको अध्ययन अनुसार रातो कमिला पनि भूकम्पको सङकेत बुझ्न सक्छ। गैबरियल बर्बेरिच नामक जिओ बायोलोजिस्टले यसको लागि तीन वर्षसम्म कमिलाको गतिविधिको विश्लेषण गरेका थिए। उनीहरूले भनेका छन् जब एकपटक दुई रेक्टरको भूकम्प आएको थियो तब कमिलाको गतिविधि बदलिएको थियो। रातो कमिला दुलोभित्र बसेका थिए तर भूकम्पको बेला यिनीहरू बाहिर आइसकेका थिए। 
४. बिरालो: 
एनिमल प्लानेटले केही रिसर्चको हवाला दिंदै भनेको छ– बिरालोको केही सङकेत पनि भूकम्पको सूचक हुन सक्छ। भनिन्छ जुन भाइब्रेसन हामी महसुस गर्न सक्दैनौं, त्यो जनावरले बुझ्न सक्छ। घरेलु बिरालु यदि डराएर ओछ्यानबाट बाहिर निस्कियो, अथवा कुनै ठोस कारणबिना नै डराउँछ भने यो पनि भूकम्पको सङकेत हुन सक्छ । 

0 comments:

Post a Comment