reader

Loading...

Written By gajjab on Thursday, 30 April 2015 | 02:37

भूकम्पको डरले त्रसित स्थानीय व्यक्तिले जब आकाशमा उडिरहेको हनुमान देखे तब उनीहरूको त्रास छुमन्तर हुन पुग्यो। पवनपुत्र हनुमान एक हातमा गदा र अर्को हातमा पहाड लिएर उडिरहेका थिए। जसले पनि यो दृश्य देखे त्यही रोकिन बाध्य भए। यो कुनै कल्पना थिएन, अपितु सानो पर्दामा शुरु हुन थालेको सङकटमोचन महाबली हनुमानको प्रमोशनको दृश्य थियो । यसका लागि प्रमोशन टीमले भारतको काशीको चार इलाका चयन गरेको थियो । त्यसपछि हनुमानको रूप बनाइयो र एक विशेष प्रकारको ड्रोनले उडाइएको थियो। तल त्यसलाई रिमोटले नियन्त्रण गरिंदै थियो।
महादेवको नगरीमा बजरङगबली हावामा उडिरहेको देखेपछि जोसुकै हैरान थिए, केही बेर भूकम्पको चर्चा बन्द भयो। सबैले त्यस दृश्यलाई मोबाइल क्यामेरामा समेट्न थाले। तर केही बेरपछि नै त्यसको वास्तविकता मानिसहरूले थाहा पाए। 
भारतीय अभिनेता निर्भय बाधवा यस सिरियलको मुख्य भूमिकामा छन्। उनले यसभन्दा पहिले महाभारतमा पनि अभिनय गरिसकेका छन्। हाल उनी भारतको वीरपुत्र महाराणा प्रतापमा देखिएका छन्। 

0 comments:

Post a Comment