reader

Loading...

Written By gajjab on Thursday 30 April 2015 | 02:36

जर्मनीको कार बनाउने कम्पनी आँडीले पानीबाट डिजल बनाउन शुरु गरेको छ । आँडीले यस डिजललाई आँडी इ–डिजल नाम दिएको छ। यो डिजल कारमा इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ।
आँडी इ–डिजल वातावरणको लागि पूर्णरूपले सुरक्षित छ। इ–डिजलमा सल्फर र एयरोमेटिक हाइड्रोकार्बन जस्ता तत्त्व हुँदैन, जसबाट पर्यावरणलाई कुनै असर परोस्। आँडीले इ–डिजल बनाउने काम जर्मनीको ड्ेरस्डेनस्थित आफ्नो प्लान्टमा शुरु गरेको छ। यस प्लान्टमा लिक्विड इन्धन बनाउनको लागि ग्रीन पावर प्रयोग गरिंदैछ जसमा पानी, हावा र कार्बन डाइअक्साइड सामेल छ। प्लान्टमा कार्बन डाइअक्साइड बायोग्याँस फेसिलिटिजबाट लिइँदैछ। 
कसरी बन्छ इ–डिजल
पानीलाई एउटा टैङकमा तातो गरेर त्यसलाई वाफमा परिणत गरिन्छ र त्यसबाट त्यो हाइड्रोजन र अक्सिजनको रूपमा अलग हुन्छ। यसपछि दुई चरण हुन्छ जसमा हाइड्रोजनलाई कार्बन डाइअक्साइडको एक तातो टैङकबाट गुज्रिनुपर्छ। यसबाट निस्किने पदार्थ तरलरूपमा सामुन्ने आउँछ। जसलाई अर्को टैङकमा एकत्रित गरिन्छ। यसलाई ब्लू क्रूड भनिन्छ। ब्लू क्रूडलाई परिष्कृत गरी पेट्रोलपम्पमा राखिन्छ जहाँ कारले इन्धनको रूपमा किन्छन्। आइडी इ–डिजललाई धरतीबाट निस्कने डिजलसँग मिलाएर पनि प्रयोग गर्न सकिन्छ। कम्पनीले यस प्लान्ट इ–डिजलको अलावा आँडी इ–गैसोलिन (इ–पेट्रोल) पनि बनाउँदैछ। – एजेन्सी

0 comments:

Post a Comment