reader

Loading...

Written By gajjab on Sunday 3 May 2015 | 22:59

मुटुको शल्यक्रिया गराउने शिशुहरूलाई यदि पहिलेदेखि नै भण्डारण गरिएको रगतको सट्टा ताजा रगत चढाएमा उनीहरूमा सङ्क्रमणको खतरा कम मात्र हुँदैन बरु भविष्यमा ठूलो भएपछि यस्ता शिशुहरूमा सम्बन्धित रोगको चपेटमा पर्ने आशङका पनि कम हुन्छ।
नयाँ अध्ययन अनुसार रक्त वा रक्त घटकहरूलाई ग्रहण गर्ने यस्ता रोगीलाई एलर्जी र ज्वरोको समस्याको साथै फोक्सो सम्बन्धी र सङ्क्रमण रोगजस्तो गम्भीर समस्या हुन सक्छ। अध्ययनको नेतृत्व गर्ने युनिभर्सिटी अफ पेनसिलवेनियामा द चिल्ड्ेरन्स हस्पिटल अफ फिलाडेल्फिया एन्ड पेरेलमन स्कूल अफ मेडिसिनका डेभिड आर जब्स भन्छन्– “यस्ता शिशुहरूमा रोग सङ्क्रमणको खतरा ठूला व्यक्तिको समान हुन्छ। तर लामो समयको लागि बढी कष्टकारी पनि हुन सक्छ। यसको कारण शिशु र ठूला बच्चाको रक्त सञ्चरणबाट हुने असाध्य रोगलाई लामो समयसम्म झेल्नुपर्ने हुन्छ। जब्स र उनका मित्रहरूले एक कार्यक्रमको प्रभावको परीक्षण गरेका थिए जसको उद्देश्य दुई वर्ष वा त्यसभन्दा कम उमेरका साना बच्चाहरूमा इलेक्टिभ कार्डियाक सर्जरीको लागि दुई युनिट ताजा पूर्ण रक्तको मानक विधिको प्रयोग गर्दै सङ्क्रमणलाई कम गर्नु थियो। अध्ययन अनुसार ताजा पूर्ण रक्तलाई यिनको घटक (रातो रक्त कोशिका, प्लेटलेट्स, प्लाज्मा)मा अलग–अलग घटकमा विभाजित गरिएन र यसलाई अपरेशनभन्दा ४८ घण्टाभन्दा कम समय पहिले जम्मा गरिएको थियो।
जब्स भन्छन्– शिशुको मुटुको अपरेशनको लागि साधारणतया अस्पतालमा पूर्ण रक्त उपलब्ध हुँदैन। रक्तआपूर्ति केन्द्रले यसको घटक हिस्सामा अलग गरिदिन्छन् त्यसपछि आवश्यकता अनुसार प्रयोग गर्छन्। यो अध्ययन द एनल्स अफ थोरेसिस सर्जरी पत्रिकामा प्रकाशित भएको थियो। – एजेन्सी

0 comments:

Post a Comment