reader

Loading...

Written By gajjab on Monday 11 May 2015 | 22:48

यो दुबईमा बन्न गइरहेको लग्जरी फ्लोटिंग भिलाको फोटो हो। दुबईको एउटा कम्पनीले यस्तै लग्जरी होम बनाउँदैछ, तीनतले यस भवनको बेडरूम पानीभित्र हुनेछ भने एक स्थानबाट अर्को स्थान पनि लैजान सकिनेछ। प्राइभेसीका शौकिनहरू यसको प्रयोग गर्न सक्छन्। क्लेनडेंस्ट गु्रप नामक कम्पनीलाई अरेबियन गल्फमा यस्तै ४२ वटा भिला बनाउने जिम्मा दिइएको छ । यसको निर्माण वल्र्ड आइल्यान्ड प्रोजेक्ट अन्तर्गत हुनेछ र यो सन् २०१६ सम्म बनेर तयार हुनेछ।
दुबई इन्टरनेशनल बोट शोमा देखाइएको आइडिया–फ्लोटिंग भिलाको यस आइडियालाई मार्चमा दुबई इन्टरनेशनलमा पेश गरिएको थियो र यसलाई हालै स्वीकृति प्रदान गरिएको छ। कम्पनीको दाबी अनुसार फ्लोटिङ भिलाको घोषणाका साथै कतार, साउदी अरब, स्वीडेन र पुर्तगालजस्तो देशका नागरिकहरूले यसलाई खरिद गर्न रुचि देखाएका छन्। –एजेन्सी

0 comments:

Post a Comment