reader

Loading...

Written By gajjab on Monday, 11 May 2015 | 22:52

चीनका एक सिइओले अनौठो विश्व रेकर्ड बनाएका छन्। अरबपति व्यापारीले आफ्ना ६ हजार ४ सय कर्मचारीलाई बिदा मनाउन फ्रान्स लिएर गए र त्यहाँ सबैभन्दा ठूलो मानव साङ्लो बनाए। उनको यो रेकर्ड वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।
चीनको ताइन्स ग्रुप अफ कम्पनीका चेयरमैन ली जिनयुवानको नाम फोब्र्सको अरबपतिको सूचीमा पनि सामेल छ। लीले आफ्ना ६ हजार ४ सय कर्मचारीलाई फ्रान्सको कान्स र मोनाकामा ४ हजार ७ सय ६० कोठा, ७९ फाइव स्टार होटल र १४६ बस बूक गरेका थिए। यस क्रममा सबै कर्मचारीहरूलाई शहरको विभिन्न स्थान पनि घुमाए। 
त्यसपछि सबै कर्मचारी मिलेर ुत्ष्भलक’ मचभबm ष्क ल्ष्अभ ष्ल तजभ ऋयतभ म’ब्शगचु  आकारको ह्युमन चेन बनाए। यस ह्युमन चेनलाई गिनिज बूक अफ वल्र्ड रेकर्डमा दर्ता गरिएको छ। कम्पनी स्थापनाको २० वर्ष पूरा भएको खुशीमा यो यात्राको आयोजन भएको थियो। आफ्नो हाकिमको यस कार्यले कर्मचारी पनि खुशी थिए । 

0 comments:

Post a Comment