reader

Loading...

Written By gajjab on Monday 11 May 2015 | 22:55

चार वर्ष पहिले लन्दनकी लारेन जुलिफ थुप्रै समस्याबाट ग्रस्त थिइन्। उनलाई इटिंग डिसअर्डर थियो, डिप्रेसन थियो, पैनिक अटयाक हुन्थ्यो। त्यसपछि उनको प्रेमीले पनि उनलाई छाडिदिए। उनी एक्लै कतै जाने सोच्न सकिनन्। तर आज उनले एक्लै ५३ देश र ५ कन्टीनेन्ट घुमेर एक सफल यात्री बनेकी छन्।
तर उनको यात्रा सहज थिएन। एकपटक उनी क्रोसिया जान खोज्दा उनको प्लेन छुट्यो। कतै केही डाँकाहरूले उनको ल्यापटप, क्यामेरा र नगद १ हजार युरो पनि लुटे। तर पनि उनले हिम्मत हारिनन् र यात्रा जारी राखिन्। एकपटक पहाडमा मोटरसाइकलको ब्रेक फेल हुँदा उनी दुर्घटनामा पनि परिन् तर पनि उनले हार मानिनन्। 
२६ वर्षीया युवतीले क्यानडा, अस्ट्ेरलिया, मेक्सिको, एरिजोना, बेलीज, न्युजिल्यान्ड, बालीलगायत ५३ देशको यात्रा गर्दै ब्लगमा अनुभव लेख्न शुरु गरिन्। उनले आफ्नो ब्लगलाई पुस्तकमा परिणत गरिन् र शीर्षक राखिन्– हाउ नट टु टै्रभल द वल्र्ड 
(हामीले किन संसार घुम्नुहुँदैन)। लारेन यात्राको शुरुआतमा अत्यन्तै डराएकी थिइन् । उनको मनमा दुर्घटनाहरूको चित्र बन्थ्यो। जागिर छाड्ने क्रममा धेरैजसो मित्रहरूले यही सोच्थे उनी अब फर्किदिंनन् किनभने उनलाई प्राय: पैनिक अट्याक आइरहन्छ। 
लन्दनको रोयल हालोवेबाट ग्रेजुएट गरेकी लारेन भन्छिन्– केही महिना कठिनाइको सामना गर्नुपर्‍यो तर जसोजसो दिनहरू बित्न थाल्यो। मेरो जीवन पनि बदलिन थाल्यो। म यही भन्न चाहन्छु जब तपाईं केही नयाँ काम गर्ने सोचमा हुनुहुन्छ भने त्यसको शुरुआत गर्नुहोस् त्यसपछि सबै कुरा ठीक हुनेछ।”

0 comments:

Post a Comment