reader

Loading...

Written By gajjab on Monday, 11 May 2015 | 22:57

गहिरो समुद्रमा खोजी कार्यमा चाँडै नै क्रान्तिकारी परिवर्तन हुने आशा गरिएको छ किनभने वैज्ञानिकहरूले एक यस्तो रोबोटको विकास गरेका छन् जसले केवल आफ्नो मिसनको योजना मात्र बनाउँदैन, त्यसको क्रियान्वयन पनि गर्न सक्छ। यस रोबोटको विकास अमेरिकाको मैसाचुसेट्स इन्ट्चि्युट अफ टेक्नोलोजीका शोधकर्ताहरूले गरेका थिए।
कुनै मिसन पूरा गर्नको लागि अन्डर वाटर भेहिकल्सलाई निर्देशित गर्नमा इन्जिनियरहरूको धेरै समय नष्ट हुन्थ्यो। एमआइटीका इन्जिनियरद्वारा विकसित नयाँ प्रोग्रामिङगको सहायताबाट रोबोटले आपैंm निर्णय लिन सक्षम हुनेछ र मिसन पूरा गर्नेछ। 
एमआइटी दलद्वारा तयार प्रणालीको उपयोग गरी रोबोटले मिसनको योजना बनउन सक्छ। साथै दिइएको समयावधिमा कता खोज गर्ने हो त्यस स्थानको चुनाव पनि आपैंंm गर्न सक्छ। यदि कुनै अप्रत्याशित घटनाले रोबोटको काममा तगारो हाल्छ भने त्यसले यो कामलाई रोक्न सक्छ र पुन: नयाँ ढङगले काम शुरु गर्न सक्छ। 
प्रमुख डेभलपर ब्रायन विलियम्स भन्छन्– यो वाहन आफ्नो मिसनको योजना आपैंm बनाउन सक्छ र त्यसको क्रियान्वयन तथा पुन: योजना पनि आपैंm गर्न सक्षम छ। समुद्रमा खोजको लागि हामी उपग्रहहरूको पनि सहारा लिन्छौं तर यो धेरै गहिराइसम्म खोज गर्न सक्षम छैन। यो नयाँ प्रौद्योगिकी समुद्रमा खोज गर्ने कार्यमा क्रान्तिकारी भूमिका निर्वाह गर्न सक्छ, जुन अत्यन्त रोमाञ्चकारी हुनेछ। –एजेन्सी

0 comments:

Post a Comment