reader

Loading...

Written By gajjab on Monday 11 May 2015 | 23:01

यदि तपाईंको जीवनसाथीलाई घुर्ने बानी छ भने त्यसको अचूक उपाय आएको छ। मुख र जिब्रोको साधारण व्यायामबाट यस समस्याबाट छुटकारा पाउन सकिन्छ। शोधमा भनिएको छ यो व्यायामबाट घुराइ ३६ प्रतिशत र घुराइको तीव्र आवाजलाई ५९ प्रतिशतसम्म कम गर्न सकिन्छ।
अमेरिकाको युनिभर्सिटी अफ केंटुकी कलेज अफ मेडिसिनमा स्लीप लेबोरेटरीका चिकित्सा निर्देशक बारबारा फिलिप भन्छिन्– घुर्ने व्यक्तिहरूको लागि यो अध्ययन उत्कृष्ट र नन इनवेसिव (बिना सर्जरी)को उपचारलाई प्रदर्शित गर्छ। घुर्ने रोगबाट पीडित व्यक्तिले जिब्रोको अघिल्लो भागलाई तालुतर्फ चेप्नुपर्छ र पुन: जिब्रोलाई फिर्ता तान्नुपर्छ। यो प्रक्रिया पटकपटक दोहोर्‍याउनुपर्छ।
अब जिब्रोको अघिल्लो भागलाई मुखको तल्लो हिस्सा तथा अघिल्लो दाँतसँग स्पर्श गराउँदै जिब्रोको पछिल्लो हिस्सालाई तालुतर्फ दबाउनुस् र स्वर ‘ए’ उच्चारण गर्दै तालु तथा अलिजिह्वा (उवुला)लाई माथि उठाउनुस्। घुर्न कम गर्नको लागि शोधमा यो व्यायाम सुझाइएको छ। घुर्ने समस्याबाट पीडित ३९ व्यक्तिमाथि यो अध्ययन गरिएको थियो र यसको अत्यन्त सकारात्मक असर पनि देखियो। ब्रजील युनिभर्सिटी अफ साओ पाउलोका मुख्य लेखक जेराल्डो लरेजी–फिल्हो भन्छन्– हाम्रो अध्ययन समूहमा यस व्यायामबाट घुर्न कम गर्न अत्यन्त मदद पाइएको थियो । यो अध्ययन पत्रिका चेस्टमा प्रकाशित छ। 

0 comments:

Post a Comment