reader

Loading...

Written By gajjab on Monday, 25 May 2015 | 01:02

स्वीट्जरल्यान्डमा एउटा यस्तो रेलवे ट्रयाक छ, जसलाई संसारकै सबैभन्दा खतरनाक भन्न सकिन्छ। यो रेल करिब दुई हजार मिटरको उचाइमा पुग्छ। स्वीट्जरल्यान्डको पिलाटस रेलवे सेवाले सञ्चालन गरेको यो रेल अल्पनाचस्ताद र माउन्ट पिलाटसलाई जोड्छ। ट्रयाकको लम्बाइ करिब ४.५ किलोमिटर छ र रेल यति समयमा १६ सय मिटरको ढलानमा चढ्छ। यसको उद्घाटन सन् १८८९ मा भएको थियो जबकि पहिलोपटक यो लाइन बनाउने प्रस्ताव सन् १८७३ मा भएको थियो। यस रेलको चक्का दाँतवाला छ। यसभन्दा पहिले यो रेल वाष्पबाट चल्थ्यो तर पछि विद्युत्बाट चल्दैछ। 
यसको गति ९ किलोमिटर प्रतिघण्टा छ, जबकि शुरुआतमा यो रेल केवल ३ देखि ४ किलोमिटर प्रतिघण्टाको गतिले चल्थ्यो। वर्तमान गतिमा रेल आधा घण्टामा आफ्नो यात्रा पूरा गर्छ। रेलको इन्जिन र डिब्बामा परिवर्तन भए पनि करिब सय वर्ष पुरानो ट्रयाककै प्रयोग गरिंदैछ। यो रूट केवल मे र नोभेम्बर महिनामा खोलिन्छ जब यहाँ बरफ हुँदैन। रेल ४५ मिनेटको अन्तरालमा चल्छ। जाडोमा यहाँका स्थानीयबासिन्दाहरू केबलकारबाट यात्रा गर्छन्। 

0 comments:

Post a Comment