reader

Loading...

Written By gajjab on Monday, 25 May 2015 | 01:03

कुकुर, मनुष्यको सबैभन्दा पुरानो र इमानदार घरेलु जनावर मानिन्छ। कुकुर–मनुष्यको सम्बन्ध २७ देखि ४० हजार वर्ष पुरानो रहेको एक अध्ययनले जनाएको छ। अध्ययन जिनोमको आधारमा अनुमान लगाइएको छ। आधुनिक कुकुरको पूर्वज ब्वाँसोभन्दा भिन्दै थियो जुन हिमयुगपछि १६ हजार वर्ष पहिलेसम्म जीवित थियो। साइबेरियाको तैमिर प्राय:द्वीपको एक ब्वाँसो (भेडिया)को हाड, जसको रेडियोकार्बन तारिख ३५ हजार वर्ष पुरानो छ, त्यसको जिनले यही दर्शाउँछ कि त्यस समयमका ब्वाँसो आधुनिक ब्वाँसो र कुकुरका आमपूर्वज थिए। स्वीडिश म्युजियम अफ नेचुरल हिस्ट्रीका लव डालेन भन्छन्– कुकुर सम्भवत: अनुमानित समयभन्दा धेरै पहिले नै पालुवा जनावर बनाइसकिएको थियो। हारवर्ड मेडिकल स्कूल एन्ड ब्रान्ड इन्स्टिच्युटमा पोनटस स्कोग्लुन्द भन्छन्– डिएनएबाट सीधा प्रमाण भेटिएको छ। आजको समयमा सडकमा डुल्ने साइबेरियन एस्किमो कुकुरको इतिहास उत्तरी साइबेरियामा ३५ हजार वर्ष पहिले पाइने ब्वाँसोसँग जोडिएको छ। शोधकर्ताहरूका अनुसार यो ब्वाँसो, युरोपबाट निएन्डथल विलुप्त हुने र युरोप तथा एसियामा आधुनिक मनुष्यको बसाइ शुरुभन्दा केही हजार वर्ष पहिले जीवित थियो। – एजेन्सी

0 comments:

Post a Comment