reader

Loading...

Written By gajjab on Monday, 25 May 2015 | 01:04


अफ्रिकाको केपटाउनमा रूखको माथिबाट पुल बनाइएको छ। यसै कारण पर्यटकहरू आकर्षित भएका छन्। यो पुल करिब ४२० फुट लामो छ। यहाँबाट केपटाउनको पहाड र सुन्दर हरियाली अवलोकन गर्न सकिन्छ। यसलाई मार्क थोमस आर्किटेक्ट्स र इन्जिनियर हेनरी फैगन र उनका मित्रहरूले बनाएका थिए। पुलमा यात्रा गर्दा अनौठो अनुभूति हुन्छ। केही पर्यटकहरूका अनुसार यस पुलमा हिंड्नु कुनै परिकथा पढेजस्तो अनुभव हुन्छ। टुरिज्म वेबसाइटले केपटाउन आउने व्यक्तिलाई एकपटक यो पुल घुम्न सल्लाह दिएको छ। यहाँ रहेको एक पार्कमा थुप्रै दुर्लभ प्रजातिका रूखबिरुवा पनि देख्न पाइन्छ।

0 comments:

Post a Comment