reader

Loading...

Written By gajjab on Monday, 25 May 2015 | 01:06

एक ऊर्जा कम्पनीले संसारकै सबैभन्दा बढी गर्मी हुने र चिसो हुने स्थानको सूची जारी गरेको छ। यस सूचीमा इरानको एक रेगिस्तान सबैभन्दा गर्म स्थान भएको बताइएको छ। इरानको दस्त–ए–लुटमा सबैभन्दा बढी सरफेस टेम्परेचर ७०.७ डिग्री सेल्सियस दर्ता गरिएको छ। त्यस्तै नयाँ सूचीमा सबैभन्दा चिसो स्थान अन्टार्कटिकाको वोस्टोक स्टेशनलाई बताइएको छ। यहाँ माइनस ८९.२ डिग्री सेल्सियस छ। यसभन्दा पहिले अफ्रिाकाको लिभियामा एल एजिजियालाई सबैभन्दा गर्मी ठाउँ भनिएको थियो। यहाँ ५८ डिग्री सेल्सियस अधिकतम तापमान दर्ज गरिसकिएको छ।  त्यस्तै अस्ट्ेरलियाको क्विन्सल्यान्ड दोस्रो स्थानमा छ। क्वीन्सल्यान्डको तापमान ६९.३ डिग्री दर्ज गरिएको छ। तेस्रो स्थानमा चीनको फ्लेमिंग माउन्टेन छ। यहाँको तापमान ६६.८ डिग्री पाइएको छ। 

0 comments:

Post a Comment