reader

Loading...

Written By gajjab on Monday, 25 May 2015 | 01:11


उत्तरी अफ्रिकाको मोरक्को देशका बाख्राहरू रूखमा चढ्न सक्छन्। त्यहाँ पुग्ने पर्यटकहरूले प्राय: यही प्रश्न सोध्ने गर्छन् – यी बाख्राहरू कसरी रूख चढ्न सक्छन् । यहाँको रूखको टुप्पोमा दर्जनौं बाख्राहरू चरिरहेका देखिन्छन्। रूखको टुप्पोमा काग बसेजस्तै यहाँका बाख्राहरू बस्ने गर्छन्।
भनिन्छ तेज ढलान भएको क्षेत्र र पहाडमा आवतजावत गर्ने यी बाख्राहरू रूख चढ्न सक्षम भएका छन्। बाख्राहरू खानाको खोजीमा पहाड चढ्ने गर्छन्। किनभने मोरक्कोको बढीजसो क्षेत्र सुख्खा र रेगिस्तान छ। यसै कारण यिनीहरूलाई जमिनमा कमै खाना पाइन्छ। भोक मेटाउन रूखमा चढ्नुपर्ने बाध्यता रहेको यी बाख्राहरू सानै उमेरदेखि रूख चढ्ने प्रयास गर्दै आइरहेका छन्। आर्गन रूख नामक फलको रूखमा बाख्राहरू बढीजसो चढेका हुन्छन्। आर्गन रूख ८ देखि १० मिटर अग्लो हुन्छ र एउटा रूखको उमेर १५० देखि २०० वर्षसम्म हुन्छ। 

0 comments:

Post a Comment