reader

Loading...

Written By gajjab on Wednesday 13 May 2015 | 22:04

पहिलो वर्ष सन् १९३४, त्यसपछि सन् २०१५ (२५, २६ अप्रिल र १२ मे)मा आएको तेज भूकम्पबाट पृथ्वीको भौगोलिक स्थिति बदलिएको छ। अब इन्डियन–युरेशियन प्लेट आफ्नो स्थानबाट करिब २० फुट अर्थात् ६ मिटर दक्षिणतर्फ सर्केको छ। यसको असर नेपाल–भारतमा परेको छ।
दुवै देशको मेन फ्रन्ट थ्रस्ट फल्ट (एमएफटिएफ)मा परिवर्तन आएको छ। यसको खुलासा अमेरिकन जियोलोजिकल सर्वे र आइआइटी कानपुरको डाटा कम्पाइलेसनबाट भएको हो। यसबाट थाहा हुन्छ कि इन्डियन–युरेसियन प्लेट पाँच करोड वर्ष पहिलेदेखि ठक्कर खाइरहेको थियो। प्लेट सम्पूर्ण पटक टुटयो र यसैको कारण भूकम्प आएको हो। यस क्षेत्रमा लगातार दबाब बन्ने र उत्सर्जन हुनाले भूकम्प आएको हो। 
अमेरिकन जियोलोजिकल सर्भेबाट आइआइटीले जुन डाटा पाएको छ, त्यस अनुसार इन्डियन प्लेटको निर्देशन उत्तर–पूर्व छ। यो प्लेट ४५–५० मिलिमिटरको हिसाबले बढ्दैछ। आइआइटीमा डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङका प्रोफेसर दुर्गेश राय भन्छन्– इन्डियन प्लेट समुद्री हो, जुन कन्टिनेन्टल प्लेटमाथि भारी परिरहेको छ। यसै कारण ठूला झट्कापछि पनि भारतलाई बढी नोक्सान पुगिरहेको छैन। नेपाल कन्टिनेन्टल प्लेटमाथि स्थित छ। अमेरिकन जियोलोजिकल सर्भेले जारी गरेको डाटा अनुसार २५,२६ अप्रिलमा भूकम्पको ४३ झट्का लागेको थियो । 
सबैभन्दा ठूलो झटका ७.९ मैग्निट्युटको थियो। यसको केन्द्र काठमाडौंदेखि ८० किलोमिटर टाढा लमजुङ थियो र त्यसपछि कोदारी भएको थियो। गत मङगलवार जुन भूकम्प आयो त्यसको केन्द्र कोदारीदेखि १८ किलोमिटर टाढा झाम क्षेत्र हो। अब यस भूकम्पपपछि आफ्टर शक आउने सिलसिला जारी रहनेछ। 
भूकम्पमा रिचर्स गरिरहेका आइआइटीका स्कलर वैभल सिंघल, एस ललितकुमार र भूषण राज भन्छन्– इन्डियन प्लेट युरेसियन प्लेटतर्फ बढिरहेको छ। यसबाट जमिनभित्र ऊर्जा बन्यो र रिलिज भयो। ऊर्जा रिलिज भएपछि भूकम्प आएको हो । वैज्ञानिकको एक वर्गका अनुसार तीन स्थानमा भूकम्पको केन्द्र हुनाले खतरा बाँडिएको छ। भूकम्पमाथि शोध गरिरहेका इलाहाबाद विश्वविद्यालयका अर्थ एन्ड प्लेनटरी साइन्सेजका प्रोफेसर जयन्त त्रिपाठी भन्छन्– धर्तीको ठाउँ–ठाउँमा धेरै ऊर्जा एकत्रित छ। 
एडजस्टमेन्टको यस प्रक्रियामा ऊर्जा बढ्नाले भूकम्प आएको हो। भूकम्पमाथि शोध गरिरहेका मोतीलाल नेहरू राष्ट्रिय प्रौद्योगिकी संस्थानका प्रोफेसर एसके दुग्गलका अनुसार मङगलवार तीन भिन्दाभिन्दै स्थानमा भूकम्प आएको थियो। यो राहतको कुरा हो। यदि ऊर्जा कतै एकै स्थानमा बढी भएको खण्डमा क्षति पनि बढी हुन्थ्यो। 
मात्र १८ दिनको अन्तरालमा एकपटक पुन: भूकम्पको ठूलो झटका आउन  सक्ने विशेषज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार पछिल्लो भूकम्प आफ्टर शक होइन, तर सबै झट्का त्यसैसँग जोडिएको छ। यो एडजस्टमेन्टको प्रक्रिया हो र ६ महिनासम्म जारी रहनेछ।  अर्थात् यस प्रकारको झट्काको लागि ६ महिनासम्म तयार रहन भन्दै उनले यो अवधिमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

0 comments:

Post a Comment