reader

Loading...

Written By gajjab on Wednesday 13 May 2015 | 22:03

सामाजिक सञ्जाल फेसबूकले आफ्नो मोबाइल एप प्रयोगकर्ताहरूका लागि चाँडै नै सर्च इन्जिनको सुविधा दिंदैछ। यसबाट प्रयोगकर्ताको स्टाटस अथवा लेखहरू खोज गर्न  गूगल सर्चको प्रयोग गर्नुपर्दैन। हाल फेसबूकले यस सर्च इन्जिनको परीक्षण गर्दैछ। वेबसाइट टेकक्रन्चका अनुसार फोटो र स्थानहरू जोड्ने फिचरसँगै केही आइफोन प्रयोगकर्ताहरूले एक नयाँ ‘एड ए लिङक’ विकल्प उपयोग गर्न सक्छन् ।
यस फेसबूक सर्च इन्जिनमा कुनै प्रश्न राख्दा फेसबूकले ती वेबसाइटको सूची जारी गर्छ जसलाई तपाईंले शेयर गर्नुभएको छ। यति मात्र होइन ती वेबसाइटको सामग्रीलाई साझा पनि गर्न सकिन्छ। एड ए लिङक बटनको उपयोगबाट प्रयोगकर्ता बढी खबर र अन्य प्रकाशित सामग्रीलाई साझा गर्न सक्छन्। – एजेन्सी

0 comments:

Post a Comment