reader

Loading...

Written By gajjab on Wednesday, 13 May 2015 | 22:02


घना जङगलमा हराएकी एक महिलाले आफ्नै दूध खाएर र आपैंmलाई जमिनमा गाडेर ज्यान जोगाएकी थिइन् । रिपोर्टर्स अनुसार न्युजिल्यान्डको स्युजन ओ ब्रायन गत आइतवार साउथ वेलिंगटनको एक जङगल हुँदै २० किलोमिटरको दौड प्रतियोगितामा सहभागी भएकी थिइन् । गलत बाटोमा पुगेर उनी जङगलमा
हराइन्। जङगलमा तीव्र हावा र वर्षाको कारण उनले आफूलाई जोगाउन जमिनमा खाल्डो खनेर आपैंmलाई पुरेकी थिइन्। यस तरिकाबाट उनले आफूलाई न्यानो बनाएर चिसोबाट आफूलाई बचाइन्। यति मात्र होइन उनले ऊर्जाको लागि आफ्नै दूध पिउनुपरेको थियो। 
आइतवार राति जङगलमा गुजारेपछि सोमवार बिहान उनको उद्धार गरिएको थियो। पत्रकारसँग उनले भनिन्– “एक वस्तुले मेरो मदत गर्‍यो। मैले आफ्नो बच्चालाई दूध चुसाउँथे। अलिकति दूध मेरो शरीरमा बचेको थियो। मैले सोचे यसले मलाई ऊर्जा दिन्छ र मैले आफ्नै दूध पिएकी थिएँ।

0 comments:

Post a Comment