रूसका वैज्ञानिकहरूसँग भूकम्पको विषयमा अध्ययनरत डा. सूर्यांशु चौधरीले बताए– “सेटेलाइटको मदतबाट प्राप्त केही सङकेतहरूको भूभौतिकविद्हरूले अध्ययन गरेर सटिक अनुमान लगाउन जुटेका छन्। यसभन्दा पहिले नेपालको जुन स्थानमा भूकम्पको केन्द्र थियो, त्यस वरपर भूगर्भको भित्र नौ महिनादेखि प्लेटहरू सर्कनाले उथलपुथल चलिरहेको थियो। वीक जोन (भूकम्पको केन्द्र) बाट केही रेडान ग्याँस उत्सर्जन जारी थियो। ६ अप्रिलमा यो प्रक्रिया तीव्र हुँदा सेटेलाइटको मदतबाट पकडमा आएको थियो, अनि अध्ययन शुरु भएको थियो। त्यस्तै २३ अप्रिलमा भूगर्भीय उथलपुथल चरममा पुगेको थियो।
भूभौतिकविद् डा. सूर्यांशु चौधरीका अनुसार वैज्ञानिकहरू ग्याँसको उत्सर्जनबाट उत्पन्न हुने वीक जोन (भूकम्पको केन्द्र) पत्ता लगाउन जुटेका छन्। जसले गर्दा भूकम्पको सटिक अनुमान लगाई सर्वसाधारणलाई सचेत गर्न सकियोस्। डा. सूर्यान्शु र रूसी वैज्ञानिक भूकम्पमा लगातार रिसर्च गर्दैछन्।
आजको भूकम्पपछि वैज्ञानिकहरूले तीन दिन सतर्क बस्न आग्रह गरेका छन्। सूर्यांशु चौधरीले भूगर्भको प्लेटहरू स्थिर हुन अझै तीन दिन समय लाग्ने बताएका छन्। प्लेट स्थिर हुनु यस कुरामाथि निर्भर गर्छ कि पृथ्वीले आफ्नो कति ऊर्जा बाहिर निकालिसक्यो र अझै कति बाँकी छ। यस प्रक्रियाको दौरान झट्का पुन: लाग्न सक्छ।
यसरी गरिन्छ अनुमान
भूगर्भमा वीक जोनमा रेडान ग्याँसको उत्सर्जन हुन्छ। यो ग्याँस वायुमण्डलको साथ रासायनिक क्रिया गर्छ, जसबाट वायुमण्डलको तापमान, त्यसको स्थैतिक ऊर्जामा परिवर्तन हुन्छ। वैज्ञानिकहरूले यसैको आधारमा भूकम्प र त्यसको केन्द्रको अनुमान लगाउँछन्।
0 comments:
Post a Comment