reader

Loading...

Written By gajjab on Tuesday 12 May 2015 | 22:54


भारतको चन्डीगढ मोहालीका क्याटरिङग कारोबारी कंवलजीत सिंह वालियाले ०००१ लगायत तीन भिआइपी नम्बरको लागि भारु. १० लाख ६४ हजार रुपियाँ खर्च गरेर चर्चामा छन्। कंवलजीतले गत शनिवार यहाँको सेक्टर १७ स्थित आरएलए कार्यालयमा सबैभन्दा ठूलो बोली लगाएर यी नम्बर आफ्नो नाममा गरेका थिए।
वालियाले ०००१ नम्बरको लागि भारु. ८.०१ लाख, ००११ को लागि भारु. २.०२ लाख र ००२६ को लागि ६१ हजारको सफल बोली लगाएका थिए। तर उनले यो बताएनन् कि 'CH01BC-0001' कुन वाहनको लागि खरिद गरेका हुन्।
पारिवारिक सूत्रका अनुसार यो नम्बर उनले आफ्नो एक्टिभा स्कूलको लागि लिएका हुन्। वालियाले ०००१ र ००११ नम्बर छोराको विवाहको चौथो वार्षिकोत्सव (११ मई) मा उपहार दिनको लागि खरिद गरेका हुन् भने ००२६ नम्बर भतिजाको लागि खरिद गरेका हुन्। कवलजीत भिआइपी नम्बरका सौकिन हुन् र यो विरासत उनको पिताबाट उनले पाएको बताइन्छ। – एजेन्सी

0 comments:

Post a Comment