reader

Loading...

Written By gajjab on Tuesday 12 May 2015 | 22:52


हालै बेलायतमा सम्पन्न निर्वाचनमा एकजना मतदाताले मतपत्रमा चुनाव चिह्नमा क्रस गर्नुको साटो लिङगको चित्र समेत बनाएका थिए। सामान्यरूपमा यस्तो मतपत्र बदर हुनुपथ्र्याे, तर भएन। त्यसलाई सदर गरिएको छ। आफूलाई भोट दिएर मतपत्रमा लिङगको चित्र बनाउने मतदाताप्रति विजयी उम्मेदवार नतमस्तक भएका छन्। बेलायतको वेल्सस्थित मोन्टगोमेरसायरबाट कन्जरभेटिभ पार्टीका उम्मेदवार ग्लेन डेभिसको चुनाव चिह्नमा क्रस लगाउनुको साटो ती मतदाताले लिङगको राम्रो चित्र बनाएका रहेछन्। मतदाताले जे नियतले त्यस्तो गरेको भए पनि आफूलाई भोट दिएकोमा कृतज्ञ रहेको डेभिसले बताए। विजयी उम्मेदवर डेभिसले
रायटर्सलाई बताए–“मतपत्रमा चुनाव चिह्न भएको कोठामा निकै सफासँग लिङगको चित्र बनाइएको थियो। कोठाभित्रै पर्नेगरी बनाइएको थियो र लिङगको चित्रले घेरा छोएको थिएन। मतगणना अधिकारीले उक्त मत सदर गरिदिए ।” डेभिसले ५ हजारभन्दा धेरै मतले जितेका थिए। 

0 comments:

Post a Comment