reader

Loading...

Written By gajjab on Monday 11 May 2015 | 22:41

नयाँ अध्ययनको दाबी अनुसार कार्यालय आउँदा–जाँदा आफ्नो वाहनको प्रयोग गर्नुको सट्टा सार्वजिनक वाहन वा साइकल अथवा पैदल हिंड्नाले वजन घटाउन मदत पुग्छ।
ब्रिटेनको इस्ट एंग्लिया विश्वविद्यालय (युइए) र सेन्ट फोर डाइट एन्ड एक्टिभिटी रिसर्चका अनुसन्धानकर्ताहरूका अनुसार पैदल हिंडेर वा साइकल चलाएर कार्यालय जाँदा मानसिक एवं शारीरिक स्वास्थ्यमा सुधार हुन्छ। यसरी कार्यालय जाने गर्दा दुई वर्षमा वजन कम हुन सक्छ। अनुसन्धानकर्ताहरूले सन् २००४ देखि २००७ को दौरान ४ हजार व्यक्तिसँग कुराकानीको आधारमा यो निष्कर्ष निकालेका हुन्। 
युइएको नोर्विच मेडिकल स्कूलका मुख्य अनुसन्धानकर्ता एडम मार्टिन भन्छन्– “कारको सट्टा पैदल हिंड्दा, साइकल चलाउँदा वा सार्वजनिक वाहन प्रयोग गर्दा औसत ०.३२ बीएमआइ कम हुन्छ जुन एक सामान्य व्यक्तिको एक किलोग्राम वजन कम हुनु बराबर हो। अनुसन्धानमा यात्रा जति लामो हुन्छ त्यति नै बढी वजन कम गर्न सकिन्छ। ३० मिनेटभन्दा बढी समय यात्रा गर्नाले औसत २.२५ बीएमआइ वा सात किलोग्राम वजन कम हुन्छ। ”

0 comments:

Post a Comment