reader

Loading...

Written By gajjab on Monday 11 May 2015 | 22:39

द ह्यूमेन मार्वेल्सका अनुसार इङगल्यान्डमा एडवर्ड मोरड्ेरक नामक एक धनाढ्य व्यक्ति थिए। उनको टाउकोको अगाडि–पछाडि दुवैतर्फ अनुहार थियो। तर यो फोटो साँच्चैको होइन, यो सोचको आधारमा बनाइएको मैनको एक मूर्ति मात्र हो। यो मूर्ति उनको मृत्यु भएको धेरै वर्षपछि बनाइएको थियो। यस कुराको हालसम्म ठोस प्रमाण छैन कि एडवर्ड यथार्थमा यस्तै देखिन्थे जस्तो तस्वीरमा देखिएका छन्। भनिन्छ उनी इङगल्यान्डको राजशाही परिवारमध्ये एक थिए र पेशाले सङगीतकार र लेखक पनि थिए। 
टाउकोको पछाडि ठीक त्यस्तै अनुहार हुनु पैरासिटिक ट्वीन हुन सक्छ। केही व्यक्ति उनको शिरको पछाडि कुनै केटीको अनुहार भएको बताउँथे, जुन एडवर्डको बहिनी हुन सक्छ। एडवर्डको यो कथालाई मान्ने हो भने उनले २३ वर्षको उमेरमै आत्महत्या गरेका थिए। उनलाई कहाँ पुरियो त्यो कसैलाई थाहा छैन। उनको चिहान नष्ट गरिएको थियो। तर उनको अनुहार मेडिकल साइन्सको संसारमा सनसनी मचाउन पर्याप्त थियो। 

0 comments:

Post a Comment