reader

Loading...

Written By gajjab on Thursday 7 May 2015 | 23:52

भारत, राजस्थानको अस्पतालमा अब फिनाइलबाट होइन गोनाइलबाट सफाइ गरिंदैंछ। गोनाइल अर्थात् गोमूत्र र अन्य गो उत्पादनबाट बनाइँदै छ ।
यो गोनाइल आधुनिक प्रविधिबाट रिफाइनरीमा एक एन्टीभाइरल फिनाइलजस्तै तयार गरिन्छ, जुन अस्पतालका बिरामी र अन्य आगन्तुकहरूलाई सङ्क्रमणबाट जोगाउँछ। गोनाइल राजस्थानकै जालोर जिल्लामा पथमेडास्थित गोधाम (गौशाला)मा स्थापित रिफाइनरीमा तयार गरिंदैछ। रिफाइनरीले यसै महिनादेखि गोनाइलको उत्पादन शुरु गर्ने चिकित्सामन्त्री राजेन्द्र राठौरले बताए। उनले सबैभन्दा पहिले सवाइ मानसिंह अस्पतालको सफाइ गरिने जनाएका छन्। 

0 comments:

Post a Comment